कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वदाली ब्रदर्सका प्यारेलालको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — वदाली ब्रदर्सका रुपमा सुपरिचित सुफी गायन समुहका प्यारेलाल वदालीको शुक्रबार हृदयघातका कारण निधन भएको छ ।

वदाली ब्रदर्सका प्यारेलालको निधन

उस्ताद पुरनचन्द वदालीका भाइ प्यारेलाल ७५ वर्षका थिए । हृदयघात भएपछि उनलाई बिहीबार अमृतसरस्थित फोर्टीस एस्कर्ट्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।


वदाली ब्रदर्सले बलिउडमा पिन्जर फिल्ममा आफ्नो आवाज दिएर प्रवेश गरेका थिए । उनीहरुको समुहले गुल्जार फिल्ममा संगीत र आवाज दुवै दिएका छन् । उनीहरुलाई सन् १९९२ मा संगीत नाटक एकेडेमी अवार्डबाट पनि सम्मानित गरिएको थियो ।


वदाली ब्रदर्स भारतीय संगीत क्षेत्रमा आफ्नो काफियान, गजल र भजनका लागि प्रख्यात छन् । उनीहरुको ए रंगरेज मेरे (तनु वेड्स मनु) र इक तु ही तु (मौसम) गीत निकै लोकप्रिय मानिन्छ ।

प्रकाशित : फाल्गुन २५, २०७४ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?