३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मिडियालाई नियन्त्रण गर्न निशाना लगाउनु गलत: राई

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सञ्चारमाध्यमलाई अंकुश लगाउन सम्भव नभएको बताएका छन् ।

पूर्वसञ्चारमन्त्रीसमेत रहेका मुख्यमन्त्री राईले तीनै तहमा नागरिक सरकार बनिसकेकाले संविधानविपरीतका कुनै पनि काम हुन नदिने बताए ।

मिडियालाई नियन्त्रण गर्न निशाना लगाउनु गलत: राई

‘अदालत र कान्तिपुरकोबबीचमा जुन मुद्दा चलिरहेको छ । यसको निरुपण संविधानबमोजिम आफ्नो मर्यादालाई ख्याल गरेर, संविधानको मुल मर्म भावना र स्प्रिटलाई ख्याल गरेर गर्नुपर्छ,’ काठमाडौंमा शनिबार रिपोर्टर्स क्लवले गरेको कार्यक्रमा उनले स्पष्टै भने, ‘नियन्त्रण र अंकुशको गुञ्जायस रहँदैन ।’


मुख्यमन्त्री राईले मिडियामाथि नियतपूर्वक नियन्त्रण गर्ने हिसावले अंकुश लगाउने र निशाना बनाउनु गलत भएको टिप्पणी गरे । ‘सविधानमा पूर्ण प्रेस स्वतन्त्रताको कुरा गरेका छौं,’ उनको भनाइ थियो, ‘प्रेस मुलुकको विकास र समृद्धिको अंग बन्नुपर्छ ।’


मुख्यमन्त्री राईले प्रदेश नम्बर १ को राजधानी र नामांकन जेठ महिनाअगाडि नै टुंगो लगाइने जानकारी दिए । ‘छिट्टै औपचारिकरुपमै प्रवेश गराउँदैछौं,’ नामाकंन र राजधानीमा सरकारले सहजिकरणको भूमिकामात्रै खेल्ने बताउँदै मुख्यमन्त्री राईले भने, ‘प्रदेश सभाको दुई तिहाइले टुंग्याउँछ ।’


कसैको दबाब, आक्रोस र भावनामा प्रदेशको राजधानी र नामांकन हुन नसक्ने स्पष्ट पार्दै मुख्यमन्त्री राईले भने, ‘सबैको भावना र प्रस्तावलाई समेट्ने प्रयास हुन्छ ।’

प्रकाशित : फाल्गुन २६, २०७४ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?