कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सेनाको छवि उकास्न सबै पक्षको साथ जरुरी : प्रधानसेनापति क्षेत्री

रमेशचन्द्र अधिकारी

धनकुटा — प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सेनाको गौरबशाली छविलाई उकास्न सबै पक्षको साथ जरुरी रहेको बताएका छन् । 

सेनाको छवि उकास्न सबै पक्षको साथ जरुरी : प्रधानसेनापति क्षेत्री

धनकुटाको हिलेस्थित २ नम्बर बाहिनी अड्डामा शनिवार आयोजित भुतपूर्व सैनिक भेलालाई सम्बोधन गर्दै क्षत्रीले स्वदेशमा गरेका विकास गतिविधि तथा द्वन्द्वग्रस्त मुलुकमा पुऱ्याएको योगदानले नेपाली सेना बिश्वकै सफल सेनाको रुपमा सावित भएको बताए । उनले भुतपूर्व सैनिकका गतिविधि समेत प्रशंसनीय रहेको उल्लेख गरे ।


सेनाको अवकाशपछिको जीवन सुखद् बनाउन कल्याणकारी कोष स्थापना गरिएको भन्दै आश्रित परिवारको जीवनस्तर उकास्न बिभिन्न लघुवित्त कार्यक्रम समेत सञ्चालन गरिएको जानकारी दिए । उनले सुनसरीको इटहरीमा प्रदेश स्तरीय सैनिक अस्पताल निर्माण गरिरहेको उनले बताए ।


सैनिक प्रवक्ता गोकुल भण्डारीका अनुसार कल्याणकारी बोर्डको संयोजनमा नेपाल इन्भेस्टमेन्ट बैंकसंग सहकार्य भएको छ । आगामी चार वर्षमा ४० हजार पूर्व सैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका सैनिकका परिवारको जीवनस्तर उकास्ने लघुवित्त कार्यक्रमका लागि बिना धितो सात अर्ब लगानी गर्ने योजना रहेको भण्डारीले बताए ।


धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमका पूर्व सैनिकको उक्त भेलामा ११ जना उत्कृष्ट उद्यमी, व्यवसायीलाई सम्मान गरिएको छ । पॉच अशक्त पुर्व सैनिक तथा परिवारका सदस्यलाई व्हील चियर प्रदान गरेको छ । उक्त अवसरमा आयोजित स्वास्थ्य शिविरमा ४ सय ९२ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

प्रकाशित : फाल्गुन २६, २०७४ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?