१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

प्रेस स्वतन्त्रतामाथि न्यायपालिकाको अंकुश गलत– डा. शेखर कोइराला

सुमार्गीको अबैध पैंसा कसरी ह्वाइट मनी बन्छ ?
अवधेशकुमार झा

राजविराज — नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले न्यायपालिकाले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने कार्य गलत भएको बताएका छन् । 

प्रेस स्वतन्त्रतामाथि न्यायपालिकाको अंकुश गलत– डा. शेखर कोइराला

सप्तरीको राजविराजमा शनिबार मुस्लिम संघ नेपालको दोस्रो जिल्ला अधिवेशन उद्घाटन गर्दै कोइरालाले प्रेसमाथि अंकुश लगाएर मुलुकलाई पुरानै युगमा फर्काउन खोजेको आरोप लगाए । ‘प्रेसमाथि अंकुश लगाउन थालियो भने नेपाल, नेपाल रहँदैन्, प्रजातन्त्र रहँदैन्, फेरि हामी पुरानै अवस्थामा फर्किन्छौ,’ उनले भने, ‘प्रेस स्वतन्त्र रहेन भने निर्वाचित प्रधानमन्त्री त हुन्छ तर उनलाई जे मन लाग्यो त्यहीँ गर्छ । गलत कार्यहरु प्रेसमा आउन सक्दैन् ।’


प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्वपुर्ण विषय भएको बताउदैँ कोइरालाले न्यायपालिकाले प्रेस स्वतन्त्रताको विषयलाई गम्भिरतापूर्वक नलिएको आरोप लगाए । ‘बजारमा आएको कुरालाई प्रेसले उजागर गर्ने हो, त्यसलाई छिनोफानो गर्ने निकायहरु छन्,’ उनले भने, ‘न्यायपालिकाले प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने काम गलत हो ।’


प्रेस स्वतन्त्रता बिना प्रजातन्त्र रहन नसक्ने भन्दै उनले शक्ति सन्तुलनका आधारमा मुलुक नचले निरकुंशतन्त्र हाबी हुन सक्ने बताए । उनले लोकतन्त्र जोगाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको बताए ।


कोइरालाले स्रोत नखुलेर राष्ट्र बैंकले रोकेको रकम निकाल्न खोजेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने अभिब्यक्तिप्रति कटाक्ष गरेका छन् । ‘ओलीजीले प्रधानमन्त्री हुनु भन्दा दुई–चार दिन अगाडि ब्लयाक मनीलाई ह्वाइट बनाए हुन्छ भन्नु भएको छ,’ उनले भने, ‘व्यवसायी अजय सुमार्गीले स्रोत देखाउन नसकेको नाजायज किसिमले कमाएको पैंसा, राष्ट्र बैंकले रोकेको छ । अब ओलीजी र प्रचण्डजी मिलेर कसरी त्यो रकम निकाल्नुहुन्छ र सुमार्गीलाई ह्वाइट मनी बनाउन दिनुहुन्छ, हेर्न बाँकी छ, त्यसपछि शुन्य सहनशीलताको कुरा बाहिर आउँछ ।’

प्रकाशित : फाल्गुन २६, २०७४ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?