देब्रेको सट्टा दाहिने घुँडा शल्यक्रिया गर्ने नर्भिकका डाक्टर निलम्बित

अतुल मिश्र

काठमाडौँ — नेपाल मेडिकल काउन्सिलले देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गर्ने नर्भिक इन्टरनेशनल हस्पिटलका दुइजना चिकित्सकलाई निलम्बन गरेको छ ।

देब्रेको सट्टा दाहिने घुँडा शल्यक्रिया गर्ने नर्भिकका डाक्टर निलम्बित

काउन्सिल स्रोतका अनुसार डा. प्रवीण नेपाल र डा.शैलेज रञ्जितकारलाई एक महिनाको लागि चिकित्सकीय अभ्यास नगर्ने गरी निलम्बन गरिएको हो । चितवनबाट देब्र घुँडाको समस्या परेर शल्यक्रियाका लागि आएकी बिन्दु पौडेलको नर्भिकका चिकित्सकद्वयले दाहिने घुँडाको शल्यक्रिया गरेका थिए ।


चिप्लिएर खुट्टाको लिगामेन्ट च्यातिएका कारण अस्पताल भर्ना भएकी पौडललाई एमआरआई परीक्षणबाट देब्रे घुँडाको शल्यक्रिया गर्नु पर्ने देखिएकोले उपचारको लागि चितवनबाट नर्भिकमा ल्याइएको थियो । नर्भिकमा शल्यक्रियाको लागि बिरामीसँग लिने पूर्वसहमतिमा समेत देब्रे घुँडाको शल्यक्रिया गर्ने उल्लेख थियो ।


नर्भिकले यो प्रकरणमा बिरामी पक्षसँग भुलवस गल्ती भएको स्वीकार गर्दै सम्पूर्ण उपचार खर्च बेहोर्ने र भविष्यमा कुनै जटिलता देखिए त्यसको समेत उपचार गर्ने सहमति गरेको थियो ।


प्रकाशित : फाल्गुन २६, २०७४ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?