२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

४६ प्रतिशत बिशेषज्ञ चिकित्सक लाइसेन्समा फेल

भिषा काफ्ले

काठमाडौँ — नेपाल मेडिकल काउन्सिलले  लिएकाे विशेषज्ञ चिकित्सको रुपमा काम गर्न दिने अनुमति (लाइसेन्स) परिक्षामा ४६ प्रतिशत चिकित्सक फेल भएका छन् । 

परिक्षामा सहभागी बिभिन्न ३९ बिधाका ३ सय १८ जना चिकित्सक मध्ये शनिबार राति प्रकाशित नतिजा अनुसार १ सय ७३ जना मात्र पास भएको काउन्सिलका प्रबत्ता डा कृष्ण अधिकारीले बताए । परिक्षामा सामेल भएका मध्ये ४६ प्रतिशत फेल र ५४ दशमलव ४ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।


पछिल्लो समय काउन्सिलबाट लिइने लाइसेन्स परिक्षामा कम संख्यामा उत्तीर्ण हुन थालेका छन् । विगतमा बिदेशमा पढेर आएका चिकित्सक बढी फेल हुने गरेकोमा अहिले नेपालमै पढेका पनि धेरै फेल हुने गरेको काउन्सिलको तथ्यांकले देखाएको छ । नयाँ सहभागी भन्दा विगतमा धेरैपटक सामेल भइसकेका चिकित्सकहरु नै बढी फेल भएको डा. अधिकारीले बताए ।


यसअघि काउन्सिलले लिएको एमबीबीएस र बीडीएस पढेका चिकित्सकको परिक्षामा पनि न्यून संख्यामा पास भएका थिए । काउन्सिलले लिएको ४ मंसिरको उक्त परिक्षामा एमबीबीएसतर्फ १२ सय २ सहभागी मध्ये ४ सय ६१ जनाले मात्र पास गरेका थिए । उक्त संख्या ३८ प्रतिशत मात्र हो । बीडीएसतर्फ ८५ सहभागी मध्ये ४३ जना पास भएका थिए ।

प्रकाशित : फाल्गुन २७, २०७४ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?