कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

चार बुंदे सहमति पछि अनशन स्थगित

डीआर पन्त

धनगढी — टीकापुर घटनामा पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका २४ जनाले स्थानीय प्रशासनसंग चार वुंदे सहमति पछि अनशन स्थगित गरेका छन् । 

चार बुंदे सहमति पछि अनशन स्थगित

सोमबार दिउँसो कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जुस खुवाएर अनशन तोडाएका हुन । कैलाली क्षेत्र नम्बर १ का निर्वाचित सांसद रेशम चौधरीलाई सपथ दिइनुुपर्ने, टीकापुर घटनामा पक्राउ परेका सबैलाइ रिहा गरिनुपर्ने माग सहित फागुन २० गते देखि कैलाली कारागारमा २४ जना आमरण अनशनमा बसेका थिए ।


सांसद चौधरीको सपथका लागि सम्वन्धित निकायमा जिल्ला प्रशासन कार्यालयले अविलम्व जानकारी गराउने, टीकापुर घटनामा थुनामा रहेकाको मुद्दा फिर्ता लिन र क्षतिपू्र्तिका लागि १५ दिन भित्र सम्बोधन गरिने र यस बिषयमा भएका प्रयासका बिषयमा वन्दीहरुलाई जानकारी गराउने लगायतका सहमति पछि अनशन स्थगित गरेका हुन ।


१५ दिन भित्र आफ्ना माग पुरा नभए अनशनरत पक्षले पुन आमरण अनशन गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित : फाल्गुन २८, २०७४ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?