त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा यूएस बंगलाको विमान रनवेबाट बाहिर गएर दुर्घटना (अपडेट)

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा कल साइन एस२-एयुजी भएको यूएस बंगलाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा यूएस बंगलाको विमान रनवेबाट बाहिर गएर दुर्घटना (अपडेट)

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बंगलाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ ।

ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएकाे हाे । फ्लाइट नम्बर युबिजी २११ भएको उक्त विमानमा चालकदलका ४ सहित ७१ यात्रु यात्रारत थिए ।

प्रत्यक्षदर्शी चावहिल मैजुबहाल बस्ने मोहनबिक्रम लामाका अनुसार विमान आकाशबाट एकै पटक तल ओर्लियो, ल्याण्ड नभइ साँखुतिर हान्नियो । जहाज फेरी फर्केर घरतिरै ठोक्किएल झै गरी आयो । ९० डिग्रीमा मोडेर चावहिलतिरबाट ल्याण्ड भएको एकै छिन्मा धुवा आयो ।

प्रकाशित : फाल्गुन २८, २०७४ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?