त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु [अपडेट]

अवतरणमा आएका विमान अन्यत्रै डाइभर्ट
कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएपछि बन्द भएको विमानस्थल पुन सुचारु भएको छ । अहिले उडान र अवतरण सुचारु भएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु [अपडेट]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएपछि विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । अहिले उडान र अवतरण सबै उडानहरु रोकिएका छन् ।


त्रिभुवन विमानस्थल टर्मिनल ड्युटी अफिसरका अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडान तथा अवतरण रोकिएका हुन् ।


अफिसरका अनुसार कतार एयरवेज कलकत्ता डाइभर्ट भएको छ भने फ्लाइ दुबइ र ओमान एयर लखनउ डाइभर्ट भएको छ ।


विमानस्थलमा अवतरणका लागि बाहिरबाट आएका सबै विमानहरुलाई डाइभर्ट गरिएको छ ।

प्रकाशित : फाल्गुन २८, २०७४ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?