कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसअघि पनि रनवेबाट चिप्लिएको थियो युएस बंगला विमान

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको यूएस बंगलाको विमान यसअघि बंगलादेशमा पनि दुर्घटनाग्रस्त भएको थियो।

यसअघि पनि रनवेबाट चिप्लिएको थियो युएस बंगला विमान

यो जहाज सन् २०१५ को सेप्टेम्बरमा बंगलादेशको सायदपुर विमानस्थलको रनवेबाट चिप्लिदाँ विमानमा क्षति पुगेको थियो । युएस बंगला एयरलाइन्सका तत्कालीन इन चार्ज रकिव मुस्तकिनका अनुसार जहाज रनवेबाट चिप्लिएर भूइसमेत भास्सिएको थियो ।


तर उक्कत दुर्घटनामा मानवीय क्षति भने भएको थिएन ।


बाम्बार्डिर ड्यास-८ नामको यो जहाज १७ वर्ष पुरानो हो । यो प्लेन पहिले लुफथान्साले चलाएको थियो ।

प्रकाशित : फाल्गुन २८, २०७४ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?