कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

'भाग्यले बाँचें'

कान्तिपुर संवाददाता

काठमाडौँ — हामी बंगलादेशमा भएको एउटा तालिममा सहभागी हुन गएका थियौं । हामी विभिन्न ट्राभल एजेन्सीमा काम गर्ने १६ जना नेपाली थियौं । खासमा हिजो उड्नुपर्ने विमान आज उड्यो । हामी बंगलादेशबाट राम्रै तरिकाले आइरहेका थियौं । जब काठमाडौंमा ल्यान्ड गर्ने बेला भयो विमान अर्कै तरिकाले उडेको जस्तो अनुभव भयो ।

'भाग्यले बाँचें'

यत्तिकैमा विमान जोडले हल्लियो । के भयो केही थाह पत्तो भएन । म विमानको झ्याल छेउमा थिए । एक्कासी ड्याम्म गरेको आवाज आयो । त्यसपछि के के भयो पत्तो नै पाइएन ।


म झ्याल फोडेर बाहिर निस्के । कसले हो मलाई सिनामंगलको अस्पतालमा पुऱ्यायो । त्यहाँबाट साथीहरुले नर्भिक अस्पतालमा पुऱ्याए । मलाई घुडा र टाउकोमा चोट लागेको छ । भाग्यले बाँचे ।

विमानमा १६ जना काठमाडौंका विभिन्न ट्राभल एजेन्सीका कर्मचारीहरु रहेको खुलेको छ । रस्विता ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका कर्मचारी बसन्त बोहोरा, लक्की ट्राभल्सका कर्मचारी सनम शाक्य सहित विभिन्न १६ ट्राभल्स एजेन्सीका कर्मचारीहरु दुर्घटनाग्रस्त विमानमा यात्रारत रहेका थिए ।

बसन्त बोहोरा, रस्विता ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका कर्मचारीसँग जनकराज सापकोटाले गरेको कुराकानीमा आधारित



प्रकाशित : फाल्गुन २८, २०७४ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?