कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

यूएस बंगला विमानमा सवार थिए ३३ नेपाली

जनकराज सापकाेटा, रासस

काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपरान्ह २ बजेर १८ बजे भएको युएस बंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली सवार रहेको जनाएको छ । 

यूएस बंगला विमानमा सवार थिए ३३ नेपाली

प्राधिकरणका अनुसार उक्त विमानमा चार चालक दलका सदस्यसहित ६७ यात्रु सवार रहेका थिए ।


ढाकाबाट काठमाडौँ आएको बिएस २११ ‘कल साइन’ को उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो ।


विमानस्थलमा उद्धार तथा अग्नि नियन्त्रकद्वारा आगो नियन्त्रणमा लिने भइरहेको छ र उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतको उद्धार टोली परिचालित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले उद्धार कार्यको निरीक्षण गर्दै आवश्यक निर्देशन दिनुभएको छ ।


घाइतेको केएमसी अस्पताल सिनामंगल र नर्भिक अस्पताल, थापाथलीमा उपचार भइरहेको बुझिएको छ । विमान दुर्घटनामा परी निधन भएकाहरुको विवरण आउन बाँकी छ ।


यी हुन दुर्घटनाग्रस्त विमानमा सवार नेपाली यात्रुहरु


१) शिला बजगाई, ६२ वर्ष


२) अल्गिना बराल, ५८ वर्ष


३) चारु बराल


४) सोविन्द्र सिंह बोहोरा


५) बसन्त बोहोरा


६) समिरा ब्यान्जनकार


७) प्रविण चित्रकार


८) सजना देवकोटा


९) प्रिन्सी धामी


१०) ज्ञानी कुमारी गुरुङ


११) दिनेश हुमागाई


१२) श्रेया झा


१३) पुर्णिमा लोहनी


१४) मिली मर्हजन


१५) निगा मर्हजन


१६) संजय मर्हजन


१७) केशव पाण्डे


१८) प्रसन्न पाण्डे


१९) विनोद राज पौडेल


२०) हरि शंकर पौडेल


२१) संजय पौडेल


२२) आशिष रंजित


२३) कृष्ण कुमार सहनी


२४) अस्ना शाक्य


२५) सनक शाक्य


२६) अंजिला श्रेष्ठ


२७) सरुना श्रेष्ठ


२८) हरि प्रसाद सुवेदी


२९) दयाराम ताम्रकार


३०) वाल कृष्ण थापा


३१) स्वेता थापा


३२) किशोर त्रिपाठी


३३) अगदेश कुमार यादव

प्रकाशित : फाल्गुन २८, २०७४ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?