१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

न्यायाधीशहरुको सुझाव लत्याउँदै प्रधानन्यायाधीश आफैंले पेसी सूची तोके

चोलेन्द्रलाई दिएनन् इजलास
कृष्ण ज्ञवाली

काठमाडौँ — प्रधानन्यायाधीश गोपाल पराजुली सर्वोच्च अदालतका अन्य न्यायाधीशहरुको सुझाव लत्याउँदै म‌ंगलबार आफैंले पेसी सूची तोकेका छन् ।

न्यायाधीशहरुको सुझाव लत्याउँदै प्रधानन्यायाधीश आफैंले पेसी सूची तोके

साथै आफ्नै लागि एउटा संयुक्त इजलास समेत गठन गरेका छन् । तर, उनको जन्ममिति विवादमा प्रश्न उठाउने न्यायाधीश चोलेन्द्रशमशेर राणलाई भने इजलास तोकेका छैनन् ।

सोमबार बिहानमात्रै प्रधानन्यायाधीश निवास बालुवाटारमा उनी निकट केही कानुन व्यवसायीहरुको बैठक बसेको थियो । बैठकपछि उनले पेसी सूची तोकेका हुन् ।

आइतबार डा. गविन्द केसी र कान्तिपुर दैनिक विरुद्धको अवहेलना मुद्दा तोकिएको बृहत पूर्ण इजलासमा न्यायाधीश चोलेन्द्रशमशेर राणाले पराजुलीको कार्यकालमाथि प्रश्न उठाउँदै उक्त इजलासबाट आफू अलग रहने आदेश गरेका थिए । त्यसपछिको परिस्थितिमा सर्वोच्च अदालतमा बसेको अनौपचारिक फूल कोर्टमा अधिकांश न्यायाधीशहरुले बहिर्गमनको बाटो रोज्न पराजुलीलाई सुझाव दिएका थिए ।


प्रकाशित : फाल्गुन २९, २०७४ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?