कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बंगलादेशका नागरिक उड्डयनमन्त्रीसहितको उच्चस्तरीय टोली काठमाडौंमा 

चन्द्रशेखर अधिकारी

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त यूएस–बंगला विमानबारे विस्तृत जानकारी लिन बंगलादेशका नागरिक उड्डयनमन्त्री एकेएम शाहाजहान कमालसहितको एक उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ । 

बंगलादेशका नागरिक उड्डयनमन्त्रीसहितको उच्चस्तरीय टोली काठमाडौंमा 

मंगलबार आएको टोलीमा पर्यटनमन्त्री कमालको साथमा परराष्ट्र राज्यमन्त्री शाहरिर अालम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारी रहेका छन् । उनीहरु विमान बंगलाको नियमित उडानमा काठमाडौं ओर्लेको परराष्ट्र अधिकारीले बताए ।


बंगलादेशकी प्रधानमन्त्री शेखहसिना वाजेदले पठाएको उक्त टोलीले विमानस्थलमा घटनाबारे अवलोकन गर्ने र त्यससम्बन्धी जानकारी लिने काम थालेका छन् । टोलीले यूएस बंगला विमान दुर्घटनामा घाइते भएकाहरुको उपचार तथा दिवंगत भएकाहरुका बारे औपचारिक जानकारी लिन मृतक र घाइतेका परिवार समेत रहेको बताइएको छ ।


यस्तै विदेश राज्यमन्त्रीसहतिको उच्चस्तरीय टोलीले विमान दुर्घटनाका कारणबारे पनि यहाँका अधिकारीहरुसँग छलफल गर्ने छन । सोमबार दुर्घटनाग्रस्त भएको विमानमा ३३ नेपाली, ४ जना चालकदलका सदस्यसहित ३६ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक सवार थिए ।

प्रकाशित : फाल्गुन २९, २०७४ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?