विमान दुर्घटनाका सबै मृतकको शव शिक्षण अस्पतालमा

जनकराज सापकोटा

काठमाडौँ — यूएस बंगला विमान दुर्घटनाका सबै ४९ मृतकहरुको शव पोस्टमार्टमका लागि महाराजगंजस्थित शिक्षण अस्पताल पुर्‍याइएको छ ।

विमान दुर्घटनाका सबै मृतकको शव शिक्षण अस्पतालमा

महानगरिय प्रहरी कार्यालयका अनुसार आज बिहान विभिन्न अस्पतालमा रहेका शव शिक्षण पुर्‍याइएको हो ।

यतिबेला अस्पतालमा मृतकका आफन्तहरु पुगीसकेका छन् भने काठमाडौं स्थित बंगालादेशी दूतावासका कर्मचारीहरुले पनि समन्वय गरीरहेका छन् । केही बंगलादेशी मृतकका आफन्तहरु बंगालादेशबाट आजै काठमाडौं आउँदैछन् ।


प्रकाशित : फाल्गुन २९, २०७४ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?