पेसी सूचीमा रहेका केही इजलास बसे, केही अझै बसेनन्

बारको हिजोको विज्ञप्तिविरुद्ध ३ बजे असन्तुष्ट वकिलहरुको पत्रकार सम्मेलन
कृष्ण ज्ञवाली

काठमाडौँ — पेसी सूची तोकिएको ३ घन्टासम्म पनि सर्वोच्च अदालतमा चारवटा इजलास बस्न सकेको छैन । 
न्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानन्यायाधीशको जन्ममितिबारे टिप्पणी गरेको भोलिपल्ट केही इजलासहरु बस्न नसकेका हुन् ।

पेसी सूचीमा रहेका केही इजलास बसे, केही अझै बसेनन्

सर्वोच्च अदालत प्रशासनका अनुसार दीपकराज जोशी र प्रकाश राउत, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की र सपना मल्ल प्रधान, विश्वम्भर श्रेष्ठ र अनिलकुमार सिन्हाको इजलास बस्न नसकेको हो ।

इजलास बस्न नसकेको बारे एक इजलास अधिकृतले भने ‘यस्तो विषम परिस्थिति बारे तपाईंहरुलाई थाहै होला ? श्रीमान्‌हरु छलफलमा हुनुहुन्छ ।’

सोही विषय सर्वोच्च अदालतका प्रवक्ता नरायाण पन्थीले भने, ‘केही सामान्य छलफलका क्रममा श्रीमानहरु अल्मल्लिएको हुनसक्छ । अहिले केही बेरमा बसिहाल्ला ।’

यसैबीच ६ वटा इजलास भने चलिरहेका छन् । प्रधानन्यायाधीश गोपाल पराजुली र तेजबहादुर केसी, ओमप्रकाश मिश्र र डम्बरबहादुर शाही, दिपक कार्की र टंक मोक्तान, केदार चालिसे र शारदाप्रसाद घिमिरे, मिरा खड्का र बमकुमार श्रेष्ठको संयुक्त इजलास चलिरहेको छ । यसैगरी पुरुषोत्तम भण्डारीको एकल इजलासले पनि मुद्दाको सुनुवाइ गरिरहेको छ ।

आइतबार प्रधानन्यायाधीश बारे आदेश गर्ने न्यायाधीश चोलेन्द्रशमशेर जबराका लागि भने कुनै इजलास तोकिएको छैन । तर, उनी अदालतमा भने हाजिर छन् ।

यसैबीच, नेपाल बार एशोसियसनको नेतृत्व र त्यसको कार्यशैली प्रति असन्तुष्ट कानुन व्यवसाहीहरुले दिउँसो ३ बजे बारमा पत्रकार सम्मेलन गर्दैछन् ।


प्रकाशित : फाल्गुन २९, २०७४ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?