कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विमान दुर्घटना : ग्राण्डीका चार घाइतेको अवस्था यस्तो छ

कान्तिपुर संवाददाता

काठमाडौँ — दुर्घटना भएको यूएस बंगलाको विमानबाट उद्धार गरी ग्राण्डी अन्तरर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएका चार जना घाइतेहरु खतरामुक्त अवस्थामा रहेको जनाएको छ ।

विमान दुर्घटना : ग्राण्डीका चार घाइतेको अवस्था यस्तो छ

बिहान ११ बजे अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले दिएको जानकारी अनुसार चारै जना सघन उपचार कक्षमा रहेको भएपनि खतरामुक्त भएको जानकारी अस्पालले प्रेस नोट जारी गरी जनाएको हो ।


अस्पतालका अनुसार किशोर त्रिपाठीको काँधको हड्डी भाँचिएको र छुट्टिएको तथा केही घाउहरु पनि भएकाले अप्रेसन गरिएको जनाएको छ । त्यसैगरी अर्का बिरामी दयाराम ताम्रकारको फोहर अवस्थामा रहेको घाउ सफा गरिएको ड्रिब्रिमेन्ड गरेर सिलाईको जनाएको छ ।


घाइते हरिप्रसाद सुबेदीको सोमबार नै अपरेशन गरिसकिएको, अनुहारमा घाउहरु र दायाँ टिबिया अर्थात नली खुट्टाको हड्डी भाँचिएको र दाहिने गोडाको गोलीगाठो अर्थात एंकल भाचिएको उल्लेख गरिएको छ ।


बिनोद राज पौडेलको भने दुबै फोक्सोमा हाबा र रगत भरिएको जनाएको छ । उनलाई थोरासिक ट्युब चेष्ट ट्युब राखेर स्ट्यावल बनाइएको अस्पतालले जनाएको छ । सोमबार अक्सिजन ८० प्रतिशत दिनु परेकोमा मंगलबार ६० प्रतिशत अक्सिजनले पुगेको जनाइएको छ ।







प्रकाशित : फाल्गुन २९, २०७४ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?