एक सय ४५ तोला सुनसहित ६ जना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४५ तोला सुनसहित ६ जनालाई पक्राउ गरेको छ । दुबईबाट ब्यूटी पार्लरमा कपाल सिधा पार्न प्रयोग गर्ने हेयर इलेक्ट्रिक आइरनमा लुकाई छिपाई ल्याएको अवस्थामा ब्यूरोको टोलीले सोमबार बेलुका सिनामंगलबाट उनीहरुलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

कपाल सिधा पार्न प्रयोग गर्ने आइरन

पक्राउ पर्नेमा बाग्लुङका शशीकला भण्डारी गुरुङ, भक्तपुरका सरोज केसी, झापाका होमबहादुर बुढाथोकी, काभ्रेपलाञ्चोकका जीवन शाक्य, भक्तपुरका बिजु बज्राचार्य र भारतका योगेश मगर रहेका छन् ।

Yamaha

शशीकला भण्डारीको श्रीमान्ले दुबईबाट सुन पठाइदिने र नेपालमा भण्डारी तथा सरोज केसीले कोटेश्वरमा रहेको बज्राचार्य गहना पसल र शाक्य गहना पसलमा बिक्री-वितरण गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । बुढाथोकीले चलाएको बा१६च ३५१० नंको कालो कारबाट टोलीले सोमवार उक्त परिमाणको सुन बरामद गरेको हो ।

प्रकाशित : फाल्गुन २९, २०७४ २१:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

निजगढ गोल्डकप : चितवन अन्तिम चारमा 

कान्तिपुर संवाददाता

निजगढ — बाराको निजगढमा जारी निजगढ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा हर्दी युवा समाज चितवन विजयी भएको छ ।

नेपाल खेलकुद क्लब रौतहटलाई ट्राइबेकरमा ५–४ गोलको अन्तरले पराजित गर्दै चितवनले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।

खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा रौतहट क्वाटर फाईनलबाट बाहिरिएको छ । खेलको २९ औ मिनेटमा रौतहटका राजु पहाडीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयमा चितवनका दिपक चौधरीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।

टाईब्रेकरमा रौतहटका खेलाडी प्रहार गरेको पेनाल्टी किक चितवनका गोल रक्षक विरेन्द्र राउतले उत्कृष्ट बचाउ गरेपछि नतिजा चितवनको पक्षमा गएको हो । टाईब्रेकरमा उत्कृष्ट बचाउ गरेका चितवनका गोल रक्षक राउत नै खेलको म्यान अफ द म्याच घोषित भए ।

फाईनल प्रवेशका लागि बुधबार आयोजक निजगढ युवा क्लब र सशस्त्र प्रहरीको भद्रकाली गण पिलुवा बिच हुदैछ ।

प्रकाशित : फाल्गुन २९, २०७४ २०:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT