कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पत्रकारको प्रदेश अधिवेशन वैशाख २२ मा 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासंघले प्रदेश अधिवेशन सम्पन्न गर्न पत्रकार बबिता बस्नेतको नेतृत्वमा निर्वाचन समिति गठन गरेको छ । 

पत्रकारको प्रदेश अधिवेशन वैशाख २२ मा 

महासंघको बुधबार बसेको बैठकले बस्नेतको संयोजकत्वमा महासंघका पूर्वउपाध्यक्ष अनिता विन्दु, पूर्वसचिव धमेन्द्र कर्ण, पूर्वसदस्य बालकृष्ण बस्नेत र अधिवक्ता कपिल पोखरेल सदस्य रहेको समिति गठन गरेको हो ।


गतसाता जनकपुरमा सम्पन्न केन्द्रीय समिति बैठकले संघीय संरचनाअनुसार सबै प्रदेशमा वैशाख २२ गत प्रदेश समिति चयनका लागि अधवेशन गर्ने निर्णय गरेको थियो । महासंघको विधानअनुसार प्रदेश समिति चयनका लागि प्रत्यक्ष निर्वाचन हुनेछन् । महासंघ हरेक सदस्य सम्बन्धित प्रदेश समिति चयनका लागि मतदान गर्न पाउने छन् ।


केन्द्रीय पदाधिकारी भने प्रत्येक १० जना सदस्य बराबर चुनिएर आउने एकजना सभासदहरुको मतदानबाट चुनिँदै आएको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७४ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?