प्रधानन्यायाधीश पराजुली पदमुक्त

न्याय परिषदद्वारा पदमा नरहेको जानकारी
कान्तिपुर संवाददाता

काठमाडौँ — न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई अवकाश भइसकेको जानकारी गराएको छ । सचिव नृपध्वज निरौलाले हस्ताक्षर गरी बुधबार पराजुलीलाई बुझाएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ ।

पत्रमा भनिएको छ, 'सम्माननीय महोदयको ६५ (पैसट्ठी) वर्षको उमेर २०७४।४।२१ मा नै पूरा भइसकेको देखिन आएकोले आज मिति २०७४।११।३० को सचिवस्तरीय निर्णयअनुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँदछु।'

पत्रमा न्याय परिषद्ले पराजुलीको परिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट बुधबार प्राप्त पत्रको आधारमा समेतको आधार उक्त निर्णय लिइएको उल्लेख छ।

न्याय परिषद्ले एेन, २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारणाले अवकाश हुने भएमा सो काे जानकारी सम्बन्धित न्यायाधीश र निकायलाई गराउनु पर्ने छ भन्ने प्रावधान रहेको उल्लेख गर्दै उक्त जानकारी गराएको छ।

पत्र राष्ट्रपति कार्यालय, संवैधानिक परिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सर्वोच्च अदालत, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रलाय, निजामति किताव खानालाई पठाइएको छ।

त्यसैगरी कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीकपराज जोशी, न्याय परिषद्का सदस्य पदमप्रसाद वैदिक र रामप्रसाद सिटौलालाई पनि बोधार्थ पठाइएको छ।

सोमबारअघि कान्तिपुरविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाई क्रममा पराजुलीकै नेतृत्वमा रहेको ७ सदस्यीय बृहत् पूर्ण इजलासका एक वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर जबराले पराजुलीले २०७४ साउन २१ गते अवकाश पाइसकेको भन्दै आफू उनको नेतृत्वको इजलासमा बस्न अस्वीकार गरेका थिए।

यो पनि पढ्नुस् :




प्रकाशित : फाल्गुन ३०, २०७४ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्

पत्रकारको प्रदेश अधिवेशन वैशाख २२ मा 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासंघले प्रदेश अधिवेशन सम्पन्न गर्न पत्रकार बबिता बस्नेतको नेतृत्वमा निर्वाचन समिति गठन गरेको छ । 

महासंघको बुधबार बसेको बैठकले बस्नेतको संयोजकत्वमा महासंघका पूर्वउपाध्यक्ष अनिता विन्दु, पूर्वसचिव धमेन्द्र कर्ण, पूर्वसदस्य बालकृष्ण बस्नेत र अधिवक्ता कपिल पोखरेल सदस्य रहेको समिति गठन गरेको हो ।

गतसाता जनकपुरमा सम्पन्न केन्द्रीय समिति बैठकले संघीय संरचनाअनुसार सबै प्रदेशमा वैशाख २२ गत प्रदेश समिति चयनका लागि अधवेशन गर्ने निर्णय गरेको थियो । महासंघको विधानअनुसार प्रदेश समिति चयनका लागि प्रत्यक्ष निर्वाचन हुनेछन् । महासंघ हरेक सदस्य सम्बन्धित प्रदेश समिति चयनका लागि मतदान गर्न पाउने छन् ।

केन्द्रीय पदाधिकारी भने प्रत्येक १० जना सदस्य बराबर चुनिएर आउने एकजना सभासदहरुको मतदानबाट चुनिँदै आएको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७४ १६:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्