१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रधानमन्त्री ओलीसँग बंगलादेशका मन्त्रीको भेट

रासस

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीसँग बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री एकेएम शाहजान कमालले बुधबार शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री ओलीसँग बंगलादेशका मन्त्रीको भेट

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले फागुन २८ गते सोमबार भएको युएस बंगलाको विमान दुर्घटना दुःखद् भएको र घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन गरिएको बताए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले विमान दुर्घटनामा परी बंगलादेशी नागरिकको निधन भएकामा बंगलादेशका प्रधानमन्त्री, त्यहाँको सरकार र शोकाकुल जनतामा हार्दिक समवेदना र सहानुभूति प्रकट गरेका थिए ।


मन्त्री कमालले नेपाल सरकारले विमान दुर्घटनापछि घाइतेको उद्धार र उपचारमा देखाएको सक्रियताको प्रशंसा गरेका थिए । दुर्घटनालगत्तै नेपाल सरकारले उद्धार कार्यमा देखाएको तदारुकताका लागि बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले प्रधानमन्त्री ओलीलाई कृतज्ञतासहित धन्यवाद ज्ञापन गर्नुभएको पनि मन्त्री कमालले सो भेटमा जानकारी गराएका थिए ।

प्रकाशित : फाल्गुन ३०, २०७४ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?