१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

फेसबुकमा महिलालाई ब्ल्याकमेलिङ गरेको आरोपमा पक्राउ  

रमेशकुमार पौडेल

चितवन — सामाजिक सञ्जाल फेसबुकमा महिला र युवतीलाई साथी बनाएर पैंसाका लागि धम्काएको आरोपमा चितवन प्रहरीले एकजनालाई गिरफ्तार गरेको छ । 

नवलपुरको कावासोती घर भइ भरतपुर महानगरपालिका–१२ राधाकृष्णचोकमा बस्दै आएका सुविन केसी भनिने तीर्थ सापकोटालाई चितवन प्रहरीले मंगलबार पक्राउ गरेको हो ।


चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रभुप्रसाद ढकालका अनुसार सापकोटाले केही महिनायता महिला र युवतीहरुलाई फेसबुकमा साथी बनाउँदै फोटोहरु संकलन गरेर अश्लिल भिडियो बनाएर फोटो र भिडियो उनीहरुलाई देखाउँदै पैसा माग्दै आएका थिए । उनले भरतपुर–२२ पटिहानीकी एकजना युवतीबाट ५० हजार रुपैयाँ लिइसकेको प्रहरीले जनाएको छ ।


‘गत माघमा ५० हजार रुपैयाँ लिएपछि फेरि पनि दुईवटा मोबाइल फोन नम्बरबाट ती युवतीलाई पटक पटक फोन गरी तीन लाख रकम माग गरेको खुल्न आएको छ,’ डीएसपी ढकालले भने । पैंसा नदिए अश्लिल फोटो र भिडियो फेसबुकमा राख्ने धम्की दिदैँ आएपछि पीडित युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् ।


उजुरीपछि छानबिन र खोजी सुरु भएको थियो । सापकोटालाई मंगलबार भरतपुरको हाकिमचोकबाट पक्राउ गरेका हो ।

प्रकाशित : फाल्गुन ३०, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?