कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

बढी सन्तान जन्माउनेलाई प्रोत्साहन भत्ता !

कान्तिपुर संवाददाता

इलाम — सदरमुकाम इलाम नगरपालिकाले जनसंख्या वृद्धि गर्न ल्याएको योजना विवादास्पद बनेको छ । नगरपालिकाले ‘जति बढी बच्चा जन्मायो उति नै प्रोत्साहन रकम पाउने’ निर्णय गरेको छ ।

बढी सन्तान जन्माउनेलाई प्रोत्साहन भत्ता !

आगामी २० वर्षभित्र इलाम नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गर्ने उद्देश्यसहित जनसंख्या वृद्धि गर्न यस्तो योजना बनाइएको नगरपालिकाको भनाइ छ । नगरपालिकाको जनसंख्या हाल ४८ हजार ५ सय ३६ छ । यसअघि साबिकको नगरपालिका क्षेत्रमा सन् २०११ मा १८ हजार ६ सय ३३ र २०१५ मा १९ हजार ७ सय १२ जनसंख्या थियो । नयाँ राज्य पुन:संरचना अनुसार नगरपालिकाको भूगोल वृद्धि भएको छ ।


‘हाम्रा प्लानरहरूले जनसंख्याको सन्दर्भमा सोच्नु जरुरी छ,’ नगरप्रमुख महेश बस्नेतले भने, ‘हाम्रो जनसंख्यालाई सन्तुलित गर्ने हो भने पुनर्मूल्यांकन गर्नुपर्छ ।’ नेपालका योजनाकारले जनसंख्याको विषयमा सूक्ष्म ढंगले हेरून् र अध्ययन गरून् भनेर यसलाई अघि सारेको उनको भनाइ छ ।


स्थानीय तहपछि सेवा सुविधा विकेन्द्रित गरिँदा सदरमुकामको चाम घटदो छ । आवश्यकताभन्दा धेरै जनसंख्या घटेकाले पनि यो निर्णय सही भएको नगरपालिकाको भनाइ छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा जनसंख्या नियन्त्रणका लागि विभिन्न उपाय गरिरहँदा आएको यस्तो निर्णयले चर्चा पाएको छ ।


यसअघि इलाम नगरपालिकाले सुत्केरीलाई दिँदै आएको पोषण सुविधालाई परिमार्जन गर्दै बच्चा जन्माउन प्रोत्साहन गरेको हो । इलाम नगरपालिकाको कार्यपालिकाको बैठकले नगरभित्रका दोस्रो पटक बच्चा जन्माउने सुत्केरीलाई २ हजार, तेस्रो बच्चा जन्माउने सुत्केरीलाई ३ हजार, चौथो पटक बच्चा जन्माउने सुत्केरीलाई ४ हजार र पाँचौं पटक र त्यसभन्दा माथि बच्चा जन्माउने सुत्केरीलाई ५ हजार रुपैयाँ पोषण सुविधा दिने निर्णय गरेको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७४ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?