विमानस्थलबाटै सम्पर्कविहीन

छोटकरी
कान्तिपुर संवाददाता

बर्दिया — तीन वर्षअघि कुवेत गएका बढैयाताल–९ मुनालबस्तीका ३२ वर्षीय गणेश न्यौपाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्पर्कविहीन भएका छन् ।

विमानस्थलबाटै सम्पर्कविहीन

तीन साताअघि घर फर्कने क्रममा विमानस्थल आइपुगेका उनी सम्पर्कविहीन भएका थिए । उनका आफन्तले खोजी गरिदिन मानव अधिकारवादी, सञ्चारकर्मी लगायतसँग अनुरोध गरेका छन् । तीन वर्षअघि एसओएस म्यान पावर, काठमाडौंमार्फत उनी गएका थिए । ‘दुई वर्षसम्म फोन सम्पर्क भइरहेको थियो,’ बहिनी दुर्गा रैलाले भनिन्, ‘त्यसपछि फोन सम्पर्क भएन, उनले भनिन्, घर फर्कने बेला कुवेतबाट ००९६५५१०८२५६० मोबाइलबाट फोन आएको थियो ।’ काठमाडौं ओर्लेपछि न्यौपाने सम्पर्कविहीन भएको उनले बताइन् । उनी कुवेतस्थित अल खालिदा कम्पनीमा काम गर्दै आएका थिए । श्रीमती अनिताले फागुन ७ गते श्रीमान् त्रिभुवन विमानस्थलमा ओर्लेको जानकारी पाएको बताइन् । ‘कसैसँग दुश्मनी समेत छैन,’ श्रीमती अनिताले भनिन्, ‘कसरी सम्पर्कविहीन हुनुभयो रहस्यमय छ ।’

प्रकाशित : फाल्गुन ३०, २०७४ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?