२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

गाँजासहित युवक पक्राउ

छोटकरी
कान्तिपुर संवाददाता

धादिङ — गाँजा ओसारपसार गरिरहेका दुई युवक पक्राउ परेका छन् । बोरामा राखेर मोटरसाइकल मार्फत चितवनतर्फ लैजाँदै गरेको १० किलो गाँजासहित उनीहरूलाई धादिङको बेनीघाट रोराङ गाउँपालिकाको जोगीमारामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए ।

पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका–३ का सुनित शिल्पकार र सोही स्थानका पवनमणि लामिछाने रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूले गाँजा बोक्न प्रयोग गरेको ना५४प ६४५ नं. को स्कुटर र ग६प ९४३१ नं. को मोटरसाइकल समेत बरामद गरेको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७४ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?