३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

पराजुलीले आफ्नो एकल इजलासहित आज पनि बनाए पेसी सूची

कृष्ण ज्ञवाली

काठमाडौँ — प्रधानन्यायाधीश गोपाल पराजुलीले आज बुधबार पनी पेसी सूची बनाउँदै आफैंलाई समेत इजलास राखेका छन् ।

पराजुलीले आफ्नो एकल इजलासहित आज पनि बनाए पेसी सूची

हिजो तोकिएको इजलासमा नबसेका न्यायाधीशहरुलाई समूहगत रुपमा राखेर कमभन्दा कम इजलास नबसेको सन्देश दिन खोजेका छन् । न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज पनि कुनै इजलास तोकिएको छैन ।


हिजो इजलासमा बस्न अस्विकार गरेका न्यायाधीशहरुको सूची हेर्दा पाँचवटा इजलास बस्न सक्ने संभावना कम देखिएको छ । १० वटासहित एक एकल इजलास भएकाले अरु ६ वटा इजलास भने बस्ने सम्भावना छ ।


प्रधानन्यायाधीश पराजुलीले आफ्नै एकल इजलास राखेकाले न्यायाधीश चोलेन्द्रशमशेर विरुद्ध अवहेलना मुद्दा दर्ता गरी आफै सुनुवाइ गर्ने योजना बनाएको हुनसक्ने सर्वोच्च प्रशासन स्रोतले बताएको छ ।


प्रकाशित : फाल्गुन ३०, २०७४ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?