विश्व प्रसिद्ध वैज्ञानिक हकिङ रहेनन्

बीबीसी

लण्डन — भौतिकशास्त्रका विद्वान सिद्धान्तकार एवं प्रचलित ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तकका बेलायती लेखक स्टेफन हकिङको ७६ वर्षको उमेरमा लण्डनमा निधन भएको छ ।

सापेक्षवादको सिद्धान्त र ब्ल्याक होलका बारे विभिन्न नयाँ तथ्य पहिल्याउने हकिङलाई भौतिकशास्त्रमा अल्बर्ट आइन्स्टाइनपछिका प्रखर वैज्ञानिक मान्ने गरिन्छ।

Yamaha

हकिङका छोराछोरी लुसी, रोबर्ट र टिमले बीबीसीसँग भनेका छन्— ‘आज हाम्रा प्रिय बुबा बित्नुभएको छ, हामी मर्माहत छौं।’

केही तथ्यहरु :
  • उनकाे जन्म सन् १९४२, जनवरी ८ मा भएको हो।
  • १९५९ मा अक्सफोर्ड विश्वविद्यालयमा न्याचुरल साइन्स पढ्ने अवसर पाए। त्यसपछि क्याम्ब्रिजबाट विद्यावारिधी गरे।
  • १९६३ मा उनलाई मोटर न्यूराेन भन्ने राेग देखियो। त्यसबेला उनी २ वर्ष मात्रै बाँच्ने बताइएको थियो।
  • १९७४ मा उनले ब्ल्याक होलले एक प्रकारको उर्जा उत्सर्जन गर्छ भन्ने सिद्धान्त प्रतिपादन गरे जसलाई पछि 'हकिङ रेडियसन' भनेर चिनियो।
  • १९८८ मा प्रकाशित उनले लेखेको किताब‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ १ कराेडभन्दा बढी प्रति विक्री भइसकेकाे छ।

प्रकाशित : फाल्गुन ३०, २०७४ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पराजुलीले आफ्नो एकल इजलासहित आज पनि बनाए पेसी सूची

कृष्ण ज्ञवाली

काठमाडौँ — प्रधानन्यायाधीश गोपाल पराजुलीले आज बुधबार पनी पेसी सूची बनाउँदै आफैंलाई समेत इजलास राखेका छन् ।

हिजो तोकिएको इजलासमा नबसेका न्यायाधीशहरुलाई समूहगत रुपमा राखेर कमभन्दा कम इजलास नबसेको सन्देश दिन खोजेका छन् । न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज पनि कुनै इजलास तोकिएको छैन ।

हिजो इजलासमा बस्न अस्विकार गरेका न्यायाधीशहरुको सूची हेर्दा पाँचवटा इजलास बस्न सक्ने संभावना कम देखिएको छ । १० वटासहित एक एकल इजलास भएकाले अरु ६ वटा इजलास भने बस्ने सम्भावना छ ।

प्रधानन्यायाधीश पराजुलीले आफ्नै एकल इजलास राखेकाले न्यायाधीश चोलेन्द्रशमशेर विरुद्ध अवहेलना मुद्दा दर्ता गरी आफै सुनुवाइ गर्ने योजना बनाएको हुनसक्ने सर्वोच्च प्रशासन स्रोतले बताएको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७४ ०९:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT