कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बोक्सी घटनाका दोषी सहित नगरप्रमुख चौधरी माथि आक्रमण गर्ने सार्वजनिक

डीआर पन्त

धनगढी — गत सोमबार (फागुन २८ गते) राति कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरी माथि सांघातिक आक्रमण गरेको आरोपमा पक्राउ परेका चार जना नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्तालाई सार्वजनिक गरेको छ ।

बोक्सी घटनाका दोषी सहित नगरप्रमुख चौधरी माथि आक्रमण गर्ने सार्वजनिक

यसैगरी प्रहरीले बोक्सी आरोपमा किशोरीलाई यातना दिएको आरोपमा पक्राउ परेका अन्य ६ जनालाई समेत सार्वजनिक गरेको छ ।

नगरप्रमुख ममताप्रसाद चौधरी माथि आक्रमण गरेको आरोपमा पक्राउ परेका घोडाघोडी नपा वडा नं १ बस्ने ४० वर्षीय कमल क्षेत्री, घोडोघोडी नगरपालिका ९ का ३६ वर्षीय भरत शाह, धनगढी उपमहानगर-८ का पूर्णप्रसाद खनाल र टीकापुर नगरपालिका-१ का ह्दयराज बोगटीलाई प्रहरीले सार्वजनिक गरेको हो । प्रहरी उपरीक्षक विनोद घिमिरेले घटनामा संलग्न रहेको भन्दै १३ जनाका नाममा किटानी जोहरी रहेकाले अन्यको खोजी भइरहेको बताए । उपरीक्षक घिमिरेल भने, ‘थप अनुसन्धान जारी रहेको छ’।

यसैगरी प्रहरीले फागुन २४ गते घोडाघोडी नगरपालिकाका देवकलियामा बोक्सी आरोपमा किशोरीलाई यातना दिएको आरोपमा पक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको छ । घटनाको मुख्य अभियुक्त भोलेबाबा भनिने रामबहादुर चौधरी, बाबाकी मुख्य सहयोगी १८ वर्षीया किस्मती चौधरी, २४ वर्षीया स्मारिका चौधरी, घोडाघोडी वडा नं ५ वस्ने ३४ वर्षीय वेदप्रसाद चौधरी, सोही ठाउँका ३३ वर्षीया चनकला चौधरी र ४१ वर्षीय सितारानी चौधरीलाई सार्वजनिक गरेको छ । उनीहरु सबैले आफ्नो अपराध स्वीकार गरेका छन् ।

दुवै घटनामा प्रहरीले अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित : चैत्र १, २०७४ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?