कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अध्यागमन सुरक्षामा अमेरिकी चासो

काठमाडौँ — काठमाडौंस्थित अमेरिकी दूतावासले अध्यागमन सुरक्षा सम्बन्धि विषयमा गृह मन्त्रालयसँग सहकार्य गर्ने प्रस्ताव राखेको छ । 

अध्यागमन सुरक्षामा अमेरिकी चासो

बिहीबार गृहमन्त्री रामबहादुर थापासँगको भेटमा नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले यस्तो अपेक्षा राखेकी हुन् । राजदुतले अमेरीकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्ने विषयमा पनि गृहमन्त्रीको ध्यानकार्षण गराएकी थिइन् ।


राजदूत टेप्लीजले मानव तस्करी नियन्त्रण, भुटानी शरणार्थी, तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा पनि कुरा राखेकी थिइन् । मन्त्री थापाले यि विषयहरु मन्त्रालयले अध्ययन गरीरहेको र सोही आधारमा भविष्यमा निर्णय लिइने जानकारी गराए ।

प्रकाशित : चैत्र १, २०७४ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?