कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सचिव निरौलाले आफ्नो भूमिका अनुसारको काम गर्नु भएको होः कामु प्रधानन्यायाधीश जोशी

कृष्ण ज्ञवाली

काठमाडौँ — कामू प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायलयभित्रको अव्यवस्थालाई हटाई व्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार दिउँसो संवैधानिक तथा कानूनी मामिला पत्रकारहरुसँगको कुराकानीमा छिटो छरितो न्याय सम्पादनको व्यवस्था मिलाउने बताएका हुन् । 

सचिव निरौलाले आफ्नो भूमिका अनुसारको काम गर्नु भएको होः कामु प्रधानन्यायाधीश जोशी

उनले भने, 'हामीले काम गर्दै र सिक्दै जाने हो । संयमता अपनाउने हो । न्यायलयभित्रको अव्यवस्था अन्य कारणले नभई हाम्रै कारणले हो । त्यसलाई सुधार गर्नेछु ।'


कामु प्रधानन्यायाधीश जोशीले न्यायपरिषदको सचिवलाई तपाईंले देखेको रेकर्ड अद्यावधिक राख्नुस भनेर परिषदले जिम्मेवारी दिएको बताउँदै बुधबारको सचिवस्तरीय निर्णय त्यही अनुसार भएको उल्लेख गरे । उनले भने, 'सचिव नृपध्षज निरौलाले आफ्नो भूमिका अनुसारको काम गर्नु भएको हो । अरु केही हैन ।'


उनले थपे, 'मैले गत जेठ ३० गते आफ्नो निर्णय आफैं गर्नु हुँदैन भनेर सम्झाएको हो । सुन्नुभएन । आफ्नो कुरामा आफू जोडिनु हुँदैनथ्यो । हिजोपनि उहाँ(गोपाल श्रीमान)ले यो विषयलाई हाऽहाऽऽ भनेर हावामा उडाइदिनुभयो ।'


उनले आफ्नो प्रधानन्यायाधीश कालमा नेपालमा न्यायापलिका सम्बन्धि संग्रहालय स्थापना गर्ने धोको रहेको बताए । यसमा न्यायपालिकासँग सम्बन्धित ऐतिहासिक महत्वका अभिलेखहरु राख्ने सोच रहेको उनको भनाई छ ।


कामू प्रधानन्यायाधीश दीपकराज जोशीले के भने? बुँदामा पढ्नुहोस्ः

  • न्यायालयभित्रको अव्यवस्थालाई हटाई व्यवस्थित बनाउने । छिटो छरितो न्याय सम्पादनको व्यवस्था मिलाउने ।
  • हामीले काम गर्दै र सिक्दै जाने हो । संयमता अपनाउने ।
  • न्यायालयभित्रको अव्यवस्था अन्य कारणले नभई हाम्रै कारणले हो । त्यसलाई सुधार गर्ने ।
  • पेशी व्यवस्थापनमा सुधार गर्ने । सन्तुलित रुपमा इजलास व्यवस्थापन गर्ने । आफ्नो र सरोकारावालको मुद्दा सकेसम्म आफैं हेर्दै नहेर्ने ।
  • विकृतिको नियन्त्रणको विषयवस्तुलाई जोड दिने ।
  • कानून व्यवसायी र बार न्यायलयको अभिन्न अंग हो । विद्वान कानून व्यवसायीकै बहसका आधारमा हामीले न्यायसम्पादन गर्ने भएकाले उहाहरुसग सुमधुर सम्बन्ध बनाउने ।
  • प्रक्रिया अनुसार प्रधानन्यायाधीश चयन भएपछि न्यायापालिकाले आफ्नो पूर्वप्रमुख गोपाल पराजुलीलाई बोलाएर विदाई गर्ने सोच बनाएको छ ।
  • स्थानीय सरकार समेत गठन भइ सक्रिय भएको अवस्थामा मेलमिलाप लगायतका बैकल्पिक न्याय प्रवाहको संयन्त्रलाई पनि बढावा दिने ।
  • नागरिकको हक अधिकार सुरक्षाको विषयमा न्यायपालिका दृढ छ ।


प्रकाशित : चैत्र १, २०७४ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?