२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

जग्गा विवादमा काकाको हत्या

पवन यादव

निजगढ — जग्गा विवादमा भएको विवादका कारण बाराको प्रसौनी गाउँपालिका-१ मा आफ्नै काकाको हत्या भएको छ । 

जग्गा विवादमा काकाको हत्या

३ धुर जग्गाको विषयलाई लिएर काका पक्ष र भतिजा पक्षबीच बिहीबार घरमै झै झगडा भएको थियो । झगडाको क्रममा भतिजा प्रमोद पटेल समेतले काका ६५ वर्षीय गाणपत राउत कुर्मीलाई लाठी, मुक्काले कुटपिट गरी घाइते बनाएका थिए ।


सख्त घाइते काका गणपतलाई उपचारको लागी नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्ज तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी भुवनेश्वर प्रसाद साहले बताए ।


‘घटनाको खबर पाउने बित्तिकै स्थानीय प्रहरी चौकीबाट घटनास्थलमा प्रहरी खटाएका थियौं,’ उनले भने, ‘प्रहरीको पहलमा घाइतेको उद्धार गरी उपचारको लागी वीरगञ्ज पठाइयो ।’ तर दुर्भाग्य घाइतेको ज्यान जोगाउन सकिएन । घटनामा संलग्न पीडकहरुलाई नियन्त्रणमा लिएर कानुनी कारवाही सुरु गरिएको उनले बताए ।


घटनामा संलग्न रहेको आरोपमा मृतकका भतिजा प्रसौनी गाउँपालिका-१ का २० वर्षीय प्रमोद पटेल, प्रमोदकी आमा सिता देवी पटेल र मृतकका ज्वाई पर्साको पर्सागढी गाउँपालिका ४ घर भई हाल प्रसौनी-१ स्थित ससुराली बस्दै आएका ३५ वर्षीय विनोद पटेललाई नियन्त्रणमा लिइएको डिएसपी साहले बताए ।


उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


घटनामा संलग्न प्रमोद पटेलले ३ धुर जग्गाको विवादमा काकासँग झगडा भएको बताए । वादविवादको क्रममा भनाभन तथा गाली गलौजले उग्र रुप लिएपछि मारपीट भएको थियो ।


रिस साध्न भतिजा पक्षले प्रहार गरेको लाठी मुक्काले टाउको र कोखामा गम्भीर चोट लागेपछि गणपतको ज्यान गएको प्रहरी अधिकारीको भनाई छ ।

प्रकाशित : चैत्र २, २०७४ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?