१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

मन्त्रिपरिषद् विस्तारः को-को भए मन्त्रीहरु?

नवनियुक्त मन्त्रीहरुले लिए शपथ, मन्त्री संख्या २२ पुग्यो
दुर्गा खनाल

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री ‌ओलीले एमाले र माओवादी केन्द्रका मन्त्रीहरु थपेका हुन् । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिए । 

मन्त्रिपरिषद् विस्तारः को-को भए मन्त्रीहरु?

मन्त्रीहरुको सूचीमा एमालेका प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, जगत विश्वकर्मा, शेरबहादुर तामाङ रहेका छन् भने माओवादी केन्द्रका वर्षमान पुन, शक्ति बस्नेत बिना मगर, गिरिराजमणि पोखरेल र चक्रपाणी खनाल रहेका छन् ।

मन्त्रीहरु

प्रदीप ज्ञवाली–परराष्ट्र

गोकर्ण विष्ट–श्रम, रोजगार तथा सामाजिक सुरक्षा

रवीन्द्र अधिकारी–संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन

रघुविर महासेठ–भौतिक पूर्वाधार तथा यातायात

शेरबहादुर तामाङ –कानुन, न्याय तथा संसदीय मामिला

जगतबहादुर विश्वकर्मा–युवा तथा खेलकुद


गिरिराजमणि पोखरेल-शिक्षा, विज्ञान तथा प्रविधि

वर्षमान पुन–ऊर्जा, जलस्रोत तथा सिँचाइ

शक्तिबहादुर बस्नेत-वन तथा वातावरण

चक्रपाणि खनाल–कृषि, भूमि व्यवस्था तथा सहकारी

बिना मगर–खानेपानी


यसैबीच, नवनियुक्त राज्यमन्त्रीहरुलाई पनि शुक्रबार नै प्रधानमन्त्री ओलीले पद तथा गोपनियताको शपथग्रहण गराएका छन् ।

राज्यमन्त्रीहरु

गोकुल बाँस्कोटा- सञ्चार तथा सूचना प्रविधि

पद्मा अर्याल- स्वास्थ्य तथा जनसंख्या

रामकुमारी चौधरी- कृषि, भूमि व्यवस्था तथा सहकारी

धनबहादुर बुढा- संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन


शपथ लिँदै मन्त्रीहरु

शपथ लिँदै राज्यमन्त्रीहरु । तस्बिर : अंगद ढकाल/कान्तिपुर

प्रकाशित : चैत्र २, २०७४ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?