१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान पुर्‍याउने लक्ष्य : पर्यटनमन्त्री अधिकारी

होम कार्की

काठमाडौँ — नवनियुक्त संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारीले मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा पर्यटन क्षेत्रमा कम्तीमा २५ प्रतिशत योगदान पुर्‍याउने लक्ष्यसाथ अगाडि बढ्ने वताएका छन् ।

गार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान पुर्‍याउने लक्ष्य : पर्यटनमन्त्री अधिकारी

‘मुलुकको जीडीपीमा रेमिट्यान्सको योगदान ३० प्रतिशतसम्म पुग्यो । यो अहिले ओरालो लाग्दैछ । कतिसम्म तल जान्छ देखिएला,’ आफ्नो कार्यभार समालेपछि मन्त्रालयका कर्मचारीलाई सम्बोधन गर्दै उनले भने,‘यसलाई पर्यटन क्षेत्रले प्रतिस्थापन गर्न सक्छ । कम्तीमा २५ प्रतिशत पर्यटन क्षेत्रबाट योगदान पुर्‍याउने लक्ष्य छ ।’


उनले यसको लागि आवश्यक पर्ने पूर्वाधार विकास गर्ने बताए । ‘त्यसको लागि कति पर्यटक, जहाज र पूर्वाधार चाहिने हो । हामीले पुर्‍याउनुपर्छ,’ उनले भने । मन्त्री अधिकारीले आफूहरुसँग समय नभएको बताउँदै काउन्ट डाउन सुरु भइसकेको बताए । ‘परीक्षा सुरु भइसक्यो । यो मन्त्रालयका कर्मचारीको पनि परीक्षा हो । म सामूहिक हिसावबाट सफलता ठान्छु । सामूहिक जिम्मेवारी ठान्छु । विश्वासको साथ काम गर्न आएको छु । तपाईहरुको उच्च नैतिकता नै मेरो नैतिकता हो,’ उनले भने,‘हामीसँग एकदमै थोरै समय छ । समय नै सम्पत्ति हो । समय खेर फाल्न हुँदैन । मिहिनता र सिर्जनात्मक तरिकाले काम गर्दा जस्तोसुकै परिस्थितिलाई सामाना गर्न सक्छौं । सबैभन्दा बढी निष्पक्षता भएर काम गर्नेछु । पक्षपात हुँदैन । सबैले आफ्ना क्षमताले भरपुर प्रयोग गर्न पाउनेछ ।’

प्रकाशित : चैत्र २, २०७४ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?