कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भरतपुर क्यान्सर अस्पतालका कानुन अधिकृतलाई आगो लगाउने प्रयास

रमेशकुमार पौडेल

चितवन — भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटामाथि डिजेल छर्केर आगो लगाउने प्रयास भएको छ । 

शनिबार बिहान नौ बजेतिर भरतपुर माछामुच्छ्रे चोकमा मोटरसाइकल चढेर आएका व्यक्तिहरुले आफुलाई रोकेर डिजेल छर्केको र आगो लगाउन खोज्दा भागेर जोगिएको सापकोटाले बताए । ‘यहाँ वरपर अरु पनि हुनुहुन्थ्यो । उहाँहरुले पनि के गरेको किन हो भन्नुभयो । म पनि दौडे नभए डिजेल छर्किसकेका थिए । आगो लगाउँथे,’ कानुन अधिकृत सापकोटाले भने ।


घटना स्थल वरपर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा पनि भेटिएको स्थानीयले बताएका छन् । घटनाको कसले र किन गरेका भन्ने कारण नखुलेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक थापाले बताए ।

प्रकाशित : चैत्र ३, २०७४ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?