कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिरासतबाट भारतीय थुनुवा फरार

कमल पन्थी

गुलरिया — इलाका प्रहरी कार्यालय मैनापोखरबाट चोरीको आरोपमा पक्राउ परेका एक भारतीय नागरिक फरार भएका छन् । 

शुक्रबार राति साढे नौ बजे भारत बलैगाउँका जाकिर हुसेन थुनुवा कक्षबाट फरार भएको प्रहरीले जनाएको छ ।


बढैयाताल गाँउपालिका जमुनीबाट बाख्रा चोरीको आरोपमा हुसेन पक्राउ परेका थिए । हिरासतबाट रहस्ममय तरिकाले भागेका हुसेन भारततर्फ गएको प्रहरीको आशंका छ । उनको खोजी भइरहेको प्रहरी नायब निरीक्षक पुरन मल्लले बताए ।

प्रकाशित : चैत्र ३, २०७४ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?