उपराष्ट्रपतिमा पुनको पुनः उम्मेदवारी

सरोजकुमारी चौधरी

काठमाडौँ — उपराष्ट्रपतिमा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले उम्मेदवारी दर्ता गराएका छन् । संसद भवन नयाँ बानेश्वरमा शनिबार बिहान पुनले दोस्रो कार्यकालको लागि उम्मेदवारी दिएका हुन् ।

उपराष्ट्रपतिमा पुनको पुनः उम्मेदवारी

पुनको प्रस्तावकमा सुवास नेम्बाङ, पम्फा भुसाल, भानुभक्त ढकाल, रेखा शर्मा र पर्शुराम नेगी गुरुङ रहेका छन् ।


यस्तै उनको समर्थकमा देव गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्तीमगर, रामनारायण बिडारी र राजेन्द्र प्रसाद गौतम रहेका छन् ।

पुनले आफ्नो पहिलो कार्यकाल सफल भएको बताएका छन् । उम्मेदवारी दिइसकेपछि पुनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली जनता, राजनीतिक दल, कुटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै संघ/संस्थासँग आफ्नो र नेपादलकै सम्बन्ध असल र सुदृढ भएको बताए ।


उनले दोस्रो कार्यकाल पनि रहनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, 'आगामी दिनमा राष्ट्रिय सार्वभौमसत्ता, अखण्डताको लागि र संविधानको संरक्षण एवं पालनाको लागि प्रतिवद्धता रहने बचन बद्धता राख्न चाहन्छु ।'


बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।


राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि विद्यादेवी भण्डारी चयन भइसकेकाले अब दलहरुले उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार बनाइएको हो ।


प्रकाशित : चैत्र ३, २०७४ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?