१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुखी र समृद्ध नेपालको चाहना पूरा गर्न पूर्वसांसदको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले समृद्धिको लक्ष्य हासिल गर्न पूर्व सांसदहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । 

सुखी र समृद्ध नेपालको चाहना पूरा गर्न पूर्वसांसदको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

पूर्वसांसद मञ्चका पदाधिकारीहरुसँग शनिबार बालुवाटारमा भएको भेटघाटमा प्रधामन्त्री ओलीले सुखी नेपाली र समृद्ध नेपालको चाहना पूरा गर्नका लागि पूर्वसांसदहरुको अनुभव कामयावी हुने बताए ।


प्रधानमन्त्री ओलीले पूर्वसांसद मञ्चलाई संसद् र सरकारको सल्लाहकार बताउँदै भने, ‘आफू संसद् वा सरकारमा भएका बेला गरेका कामहरुको अनुभवले वर्तमान संसद् र सरकारलाई महत्वपूर्ण दिशानिर्देश गर्न सक्छ । ’


नेपालको सामाजिक विविधतामा विभिन्न तत्वहरुले खेल्न सक्ने बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताको भावना बलियो बनाउनुपर्ने बताए ।


अन्य मुलुकहरुमा झैं नेपालमा जातीय, धार्मिक, भाषिक द्वन्द्व लगाउन खोजिए पनि नेपालीहरुले त्यसलाई अस्वीकार गरेको ओलीको भनाइ थियो । उनले देशमा अनेक खाले संघर्ष गरेर परिवर्तन आए पनि त्यसको अनुभूति जनताले पाउनुपर्ने तर्क गरे । भने, ‘लोकतन्त्र आयो नि भन्ने तर त्यसको अनुभूति तल्लोस्तरको जनताले महसुस नगर्ने । जनताले महसुस गर्ने गरी लोकतन्त्रको अनुभूति गराउनु यो सरकारको दायित्व हो ।’


प्रधानमन्त्री ओलीले भ्रष्टाचार न्यूनिकरण गर्ने सरकारको नीति रहेको बताए । उनले भने, ‘राजनीतिक आडमा, शक्तिका आडमा कसैले पनि कानुनविपरीत काम गरेको सरकारलाई सह्य हुँदैन ।’



प्रकाशित : चैत्र ३, २०७४ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?