२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अपहरणको धम्की दिँदै रकम असुल्न खोज्ने पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — अपहरणको धम्की दिँदै रकम असुल्न खोज्ने सुरज शाहलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । प्रहरीले शाहलाई लोकन्थलीबाट पक्राउ गरेको हो ।

अपहरणको धम्की दिँदै रकम असुल्न खोज्ने पक्राउ

उनले सिन्धुपाल्चोकका नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य भीष्मप्रताप भण्डारीलाई धम्काउँदै १५ लाख रुपैयाँ माग गरेका थिए । प्रहरी स्रोतका अनुसार रकम नदिए छोराछोरीको अपहरण गरिदिने धम्की दिँदै एक महिनायता उनले भीष्मलाई धम्काइरहेका थिए ।


प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोख्रेलले विशेष सूचनाको आधारमा ललितपुर टिकाथली बस्ने सुरजलाई पक्राउ गरिएको बताए । उनले घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : चैत्र ३, २०७४ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?