१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

काभ्रेमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, चार सेल अश्रुग्यास प्रहार

गणेश लामाकाे रिहाइकाे माग

काठमाडौँ — गुण्डा नाइकेका रुपमा चिनिएका गणेश लामाको रिहाइको माग गर्दै नेपाली कांग्रेस काभ्रेले राँके जुलुस प्रदर्शन गरेको छ ।

काभ्रेमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, चार सेल अश्रुग्यास प्रहार

कांग्रेस काभ्रे, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले संयुक्त रुपमा शनिबार साँझ राँके जुलुस निकालेका थिए । जुलुस निकाल्ने क्रममा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । गोदाम चोकबाट निस्किएको जुलुसलाई प्रहरीले रोक लगाएपछि झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रु ग्यास हानेको थियो ।

झडपका क्रममा कांग्रेस काभ्रे क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश हुमागाईं घाइते भएका छन् । यस्तै, कांग्रेस बेनपा नगर सचिव महेश कमाचार्यको हातमा सामान्य चोट लागेको छ ।

गत बुधबार लामालाई प्रहरीले पेस्तोलसहित काठमाडौं गौशालाबाट नियन्त्रणमा लिएको थियो । लामालाई हातहतियार तथा खरखजना ऐनअन्तर्गत प्रहरीले मुद्दा चलाएको छ ।


प्रकाशित : चैत्र ३, २०७४ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?