कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

विमान दुर्घटनाका १० शव आफन्तलाई जिम्मा लगाइयो

काठमाडौँ — यूएस बंगला विमान दुर्घटनाका मृतकहरुको शव पोस्टमार्टमपछि शनिबार आफन्तलाई जिम्मा लगाइएको छ ।

विमान दुर्घटनाका १० शव आफन्तलाई जिम्मा लगाइयो

महाराजगन्जस्थित शिक्षण अस्पतालले दिएको जानकारी अनुसार १० नेपालीको शव पहिचानपछि आफन्तलाई बुझाएको हो । वरिष्ठ न्यूरो सर्जन बालकृष्ण थापा, हरिशंकर पौडेल, अल्गिना बराललगायतको शव आफन्तले बुझेका छन् । शव बुझेपछि आफन्तहरु अन्तिम संस्कारतिर लागेका छन् ।


विमान दुर्घटनामा परी मृत्यु भएका ४९ जनामध्ये १० नेपाली र १५ विदेशी नागरिकको मात्रै पहिचान भएको शिक्षण अस्पतालले जनाएको छ । बाँकी शव पहिचान गरेर आफन्तको जिम्मा लगाइने छ ।


यूएस बंगला विमानमा अवतरणका क्रममा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो ।


बंगलादेशको राजधानी ढाकाबाट ६७ जना यात्रु र चालक दलका चार सदस्यसहित ७१ जना सवार बोकेको क्यानेडियन बमबार्डियर डयास एट क्यू फोर हन्ड्रेड विमान दुर्घटनामा ४९ को मृत्यु भएको थियो । त्यसमा ३३ नेपाली, ३६ बंगलादेशी, एक/एक चिनियाँ र माल्दिभ्सका नागरिक थिए । घटनामा २२ जनाको उद्धार गरिएको थियो ।


प्रकाशित : चैत्र ३, २०७४ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?