१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बराहक्षेत्र नगरपालिकाको मधुवनमा आगलागी, ८५ घर जले

प्रदीप मेन्याङ्बो

धरान — सुनसरीको वराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित वातर बस्तीमा आगलागी हुदाँ ६२ परिवारका ८५ वटा घर जलेका छन् ।  

बराहक्षेत्र नगरपालिकाको मधुवनमा आगलागी, ८५ घर जले

शनिबार राति आठ बजेदेखि लागेको आगो निभाउन मोरङको एक र सुनसरीका पाँंच दमककलले राति १२ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण प्रसाद चिमोरियाले बताए । आगलागी कसरी भयो भन्ने बारे अझै जानकारी नआएको उनले बताए ।

स्थानीय, प्रहरी, सशस्त्र प्रहरी र सेना समेत आगो निभाउन खटिएका थिए । स्थानीयले मानवीय क्षति नभएपनि लत्ताकपडा र खाद्यान्न जलेर नष्ट भएको बताएका छन् । अधिकांश घर छाप्रा जलेपनि धनमालको क्षति विवरण संकलन भईरहेको डीएसपी चिमोरियाले बताए ।

यसैबीच वराहक्षेत्र नरपालिकाका प्रमुख निलम खनालले ८५ घरका करिब २ सय ५० जना घरबारवीहिन भएकाले तत्कालका लागि त्रिपाल, खाद्यान्न, औषधि उपचार, भाँडाकुँडा आवश्यक पर्ने भएकाले नेपाल रेडक्रस र अन्य दाताहरुलाई सहयोग गर्न आव्हान गरेका छन् ।

प्रकाशित : चैत्र ४, २०७४ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?