शिक्षक संघमा पौडेल पक्षको जित

काठमाडौँ — कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघमा पार्टीको संस्थापन पक्षीय प्यानल पराजित भएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षले नेतृत्व गर्दै आएको संघमा यसपटक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उपमहासचिवबाहेक सबै पदमा जित हासिल गरेको छ । 

शनिबार भएको निर्वाचनमा संस्थापन पक्षबाट तत्कालीन अध्यक्ष केशव निरौला र पौडेल पक्षबाट राजेन्द्रराज पौडेलको नेतृत्वमा प्यानल नै मैदानमा उत्रिएका थिए । संस्थापन पक्षविरुद्ध पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीसमेत उत्रिएका थिए । यी दुवै नेता निर्वाचन अघिसम्म देउवाकै पक्षमा थिए । संघ र प्रदेश निर्वाचनमा पार्टी पराजित भएपछि असन्तुष्ट सिटौला र केसी संस्थापन पक्ष छाडेर पौडेलनिकट भएका हुन् । संघको ३९ सदस्यीय कार्यसमितिमा देउवा पक्षबाट उपमहासचिव धनकला भण्डारीले मात्रै जितेकी छन् ।


पौडेल पक्षबाट अध्यक्षका उम्मेदवार राजेन्द्रराज पौडेलले संस्थापन पक्षका निरौलालाई ६८ मतले पराजित गरेका छन् । पौडेलले ३ सय २४ मत ल्याएका थिए भने निरौलाले २ सय ५६ मत प्राप्त गरेका थिए ।

प्रकाशित : चैत्र ४, २०७४ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?