कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

बैंक घोटालामा थप १ पक्राउ

काठमाडौँ — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक सञ्चालक समितिका सदस्य छविरमण अधिकारीलाई पक्राउ गरेको छ । 

बैंक घोटालामा थप १ पक्राउ

प्रहरीले शुक्रबार कर्जा प्रवाहमा अनियमितता गरेको आरोपमा तत्कालीन एपेक्स डेभलेपमेन्ट बैंकका अध्यक्षसहित सञ्चालक र अधिकृत तहका कर्मचारी गरी १३ जनालाई पक्राउ गरेको थियो । ब्युरोका अनुसार पक्राउ परेका सबैलाई बैंकिङ कसुर ऐनअन्तर्गत मुद्दा चलाइएको छ । पक्राउ परेका सबैलाई आइतबार उच्च अदालत, पाटनबाट अनुसन्धानका लागि ७ दिन म्याद लिएर थुनामा राखिएको छ ।


२०७२ मंसिरमा नेपाल क्रेडिट एन्ड कमर्स बैंकसँग मर्जरमा जाने सहमति गरेपछि एपेक्सका अध्यक्षसहितका कर्मचारीले मिलेमतोमा अनियमित तरिकाले १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ कर्जा प्रवाह गरेका थिए । राष्ट्र बैंकले दिएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । ब्युरोले १ सय २८ वटा धितोसम्बन्धी फाइल अध्ययनका आधारमा सञ्चालकहरू, ऋणी र जग्गा मूल्यांकनकर्ताको मिलेमतोमा आर्थिक अपचलन भएको देखिएको जनाएको छ ।


प्रकाशित : चैत्र ४, २०७४ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?