२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

बिदाका दिन सरकारी गाडी चलाए कारबाही : गृह

काठमाडौँ — गृह मन्त्रालयले सरकारी निकायका गाडी दुरुपयोग रोक्न पहल थालेको छ । गृहले सूचना जारी गर्दै सरकारी गाडीलाई रातो नम्बर प्लेट बनाएर प्रयोग गर्ने वा बिदाका दिन र कार्यालय प्रयोजनबाहेकका काममा प्रयोग गर्ने प्रवृत्तिमाथि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारी गाडी दुरुपयोगविरुद्ध मन्त्रालय कडाइसाथ प्रस्तुत हुने बताउँदै गृह प्रवक्ता रामकृष्ण सुवेदीले कारणसहितको सरकारी पास लिएर मात्र बिदाको दिन सरकारी गाडी चलाउन सूचना जारी गरेका छन् । गृहले सरकारी गाडी दुरुपयोग भएको देखे सूचना दिन पनि सबैमा अपिल गरेको छ ।



प्रकाशित : चैत्र ५, २०७४ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?