२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सञ्चार क्षेत्रको संस्थागत संरचनामा जोड 

काठमाडौँ — प्रेसमाथिको सेसञ्चारकर्मीहरुले संघीय संरचनामा सञ्चार क्षेत्रको संस्थागत संरचनामा जोड दिनु पर्ने, प्रेस काउन्सिललाई पुनर्संरचना गर्नु पर्ने, सिडियोबाट पत्रपत्रिका दर्ता गर्ने नीतिको अन्त्य र समाचार कन्टेन्टबाहेकका अन्य सबै विषय राष्ट्रिय आमसञ्चार प्राधिकरण अन्तर्गत राख्नु पर्ने बताएका छन् ।न्सरसिप अमान्य 

सञ्चार क्षेत्रको संस्थागत संरचनामा जोड 

उनीहरुले कन्टेन्टको विश्लेषण प्रेस काउन्सिलको मातहतमा राख्न र केन्द्र तथा प्रदेशमा एकैखाले अवधारणका साथ अघि बढ्न समेत सुझाएका छन् ।


राजधानीमा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग अन्तर्गत आमसञ्चार समितिद्वारा आयोजित एकदिने कार्यशालामा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्टले प्रेस काउन्सिलमा बजेटको समस्याको अन्त्य र राजनीतिक नियुक्तिको प्रभावबाट मुक्त राख्नु पर्ने बताए । ‘कुनैपनि बहानामा प्रेसमाथिको सेन्सरसिप अमान्य हुनेछ ’ उनले भने, ‘सुचना विभागले दिने प्रेस पास नलिकनै पत्रकारिता गर्न नपाइने प्रावधान प्रेसमा एकखालको सेन्सरसिप हो, यस्तो प्रावधान तत्कालका लागि रोकिएपनि कुनै न कुनै रुपमा फेरी आउन सक्ने भएकाले यसप्रति संचारकर्मी सचेत रहनु पर्छ । ’


नेपाल पत्रकार महासंघका अर्का पूर्व अध्यक्ष धर्मेन्द्र झाले नेपालले प्रेससंग सम्बन्धित अन्तर्राष्ट्रिय कानुनलाई पालना नगरेकोमा चिन्ता व्यक्त गर्दै मुलुक संघियतामा गई सकेकाले प्रेस कानूनबारे थप छलफल हुनु पर्ने बताए । ‘प्रादेशिक संरचनाबारे थप आमधारणा बुझ्न जरुरी छ’ उनले भने, ‘केन्द्रिकृत कानुनका आधारमा निर्माण गरिएका कानुनहरुका लागि ग्रासरुट लेभेलमा समेत बहस गरि संचारकर्मी निस्कर्षमा पुग्नु पर्छ । ’ उनले सञ्चार संस्थाहरुले प्रादेशिक संरचनामा स्थानीय जनशक्तिको परिचालन गर्दै स्थानीय भाषा, संस्कृतिलगायतको जर्गेना गर्नु पर्ने औल्याए ।


कार्यक्रममा कान्तिपुर दैनिकका समाचार डेस्क सम्पादक श्रीष भण्डारीले मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा समाचारका कन्टेन्टलाई स्थानिय र क्षेत्रिय तह अनुरुप कार्यान्वयनमा ल्याउनु पर्ने बताए । ‘लक्षित समूहका लागि लक्षित क्षेत्रकै व्यक्तिलाई समाचार कक्षमा समावेश गरि अघि बढ्दा समाचारका कन्टेन्ट थप व्यवहारिक हुन सक्छ,’ उनले भने, ‘यसका लागि संचार संस्थामा समावेशिकरण अपरिहार्य विषय हुन सक्छ ।’


वरिष्ठ पत्रकार तीर्थ कोइरालाले नेपाल जस्तो बहुलवादी समाजमा ‘हाम्रो मिडिया भनेको मेरो मिडिया पनि हो’ भन्ने विश्वास जन–जनमा दिलाउन सक्नु पर्ने बताए । सञ्चारकर्मी अनिता बिन्दूले सूचनाहरु तथ्य/सत्यका आधारमा पस्कनु पर्ने बताउँदै बिना आधार र अचारसंहिता विपरीतको समाचारहरुलाई संचारकर्मीहरुले रोक्नु पर्ने जनाइन् । उनले मिडिया कन्टेन्टको छनौटबारे संचारगृहमा काम गर्ने पत्रकारहरुको क्षमता र दक्षता अभिवृद्धि गर्न प्रशिक्षण, अनुसन्धान र थप छलफललाई अघि बनाउनु पर्ने समेत बताइन ।


पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया कन्टेन्टको विषयमा महासंघ समिति बनाएर अघि बढिरहेको बताए । उनले भने, ‘ महासंघ छिट्टै संघीय संरचनामा मिडियाको ढाँचा प्रस्तुत गर्ने तयारीमा छ ।’ युनेस्कोका निमित्त नेपाल आयोगका सहायक महासचिव विष्णु द्वारेले सञ्चारकर्मीहरु आफूलाई थप परिस्कृत गर्दै अघि बढ्नु पर्ने बताए ।


प्रकाशित : चैत्र ५, २०७४ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?