बालकृष्ण खाँड कांग्रेस प्रमुख सचेतक

काठमाडौँ — कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद बालकृष्ण खाँड मनोनीत भएका छन् । 

बालकृष्ण खाँड कांग्रेस प्रमुख सचेतक

संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले मंगलबार खाँडलाई प्रमुख सचेतक मनोनीत गरेका हुन् । देउवाका निकट सहयोगी नेता खाँड समानुपातिक सांसद हुन् ।


कांग्रेस प्रमुख सचेतकमा नेताहरु मिनेन्द्र रिजाल र मीन विश्वकर्माको पनि दाबी थियो ।


देउवाले आफू दलको नेता निर्वाचित भएकै दिन उपनेतामा विजयकुमार गच्छदारलाई मनोनीत गरेका थिए ।



प्रकाशित : चैत्र ६, २०७४ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?