२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३
समाचार

News

सरकारले ईयूलाई भन्यो– ‘बोल्दा होस पुर्‍याऊ’

सरकारले नेपालको आन्तरिक मामिलामा अनावश्यक बोलेको भन्दै युरोपियन युनियन (ईयू) ले दिएको निर्वाचन पर्यवेक्षणसम्बन्धी अन्तिम प्रतिवेदनमा आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै ईयूले प्रतिवेदनमा दिएका अधिकांश सुझावप्रति असहमति प्रकट गर्दै प्रतिवेदन तत्काल सच्याउन आग्रह गरेको छ ।

सरकारले ईयूलाई भन्यो– ‘बोल्दा होस पुर्‍याऊ’

‘सेटिङ’ मा विमानस्थल अध्यागमनका ३२ अधिकृत सरुवा

गृहमन्त्री रामबहादुर थापा सोमबार दलबलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कक्षको आकस्मिक निरीक्षणमा पुगे । त्यसक्रममा थापाले अध्यागमनका कर्मचारीका विषयमा हुने गरेका नकारात्मक टिप्पणी अन्त्य हुने गरी काम गर्न निर्देशन पनि दिए ।

‘सेटिङ’ मा विमानस्थल अध्यागमनका ३२ अधिकृत सरुवा

'म सगरमाथा चढ्ने पहिलो गैरमानव बन्न सक्छु'

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को पहिलो गैरमानव आविष्कार दूतको रुपमा यहाँ उपस्थित हुन पाउँदा म निकै खुसी छु । मैले आज भन्न लागेको सन्देश नेपालको लागि मात्रै नभएर विश्वको लागि नै महत्वपूर्ण छ ।

'म सगरमाथा चढ्ने पहिलो गैरमानव बन्न सक्छु'

‘प्रेसभन्दा माथि सरकार छैन’

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसभन्दा माथि सरकार नभएको बताएका छन् । नेपाल पत्रकार महासंघले बुधबार मन्त्री बाँस्कोटालाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा उनले ‘सञ्चारजगत् लोकतन्त्रको पहरेदार भएकाले प्रेसभन्दा माथि सरकार हुन नसक्ने’ बताए ।

‘प्रेसभन्दा माथि सरकार छैन’

प्रदेश सरकारका समस्या समाधान गर्न श्वेतपत्र जारी गरिने

प्रदेश सरकारका समस्या गर्न संघीय सरकारले श्वेतपत्र जारी गर्ने भएको छ ।प्रदेशका समस्या बोकेर आएका सातै प्रदेशका मुख्यमन्त्रीसँग बुधबार करिव ७ घण्टा छलफल गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले श्वेतपत्र जारी गरेर समाधानको उपाय खोज्ने बताएका छन् ।

प्रदेश सरकारका समस्या समाधान गर्न श्वेतपत्र जारी गरिने

करिब दुई घण्टामा निभाइयो सुन्धारामा लागेको आगो, दुई जना घाइते

काठमाडौँ महानगरपालिका कार्यालय छेउमा रहेको सालीमार होटल तथा रेस्टरेन्टमा बुधबार साँझ आगलागी हुँदा दुई जना घाइते भएका छन् । 

करिब दुई घण्टामा निभाइयो सुन्धारामा लागेको आगो, दुई जना घाइते

जातीय विभेद नहटेको अधिकारकर्मीहरुको गुनासो 

जातीय भेद्‌भाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भएपनि व्यवहारमा लागू नभएको भन्दै अधिकारकर्मीहरुले गुनासो गरेका छन् । राजनीतिक तथा नेतृत्व तहमा प्रभावकारी पहुँच पुग्न नसक्दा दलितप्रतिको दृष्टिकोण र व्यवहार फेरिन नसकेको दलित अगुवाहरुले बताएका हुन् ।

जातीय विभेद नहटेको अधिकारकर्मीहरुको गुनासो 

का‌ंग्रेस जिल्ला कोषाध्यक्षहरुको सम्मेलन: गुटबन्दी अन्त्यमा जाेड

नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलन बुधबार विदुरमा सुरु भएको छ । सम्मेलनमा पार्टीभित्रकाे गुटबन्दी अन्त्य गर्दै पार्टी शुद्धिकरणका विषयमा छलफल हुने सहभागिहरुले बताएका छन् ।

का‌ंग्रेस जिल्ला कोषाध्यक्षहरुको सम्मेलन: गुटबन्दी अन्त्यमा जाेड

एआईजीका छोरा थुनाको घटनामा इन्स्पेक्टरमाथि छानबिन

महानगरीय प्रहरी वृत्त दरबारमार्गका ईन्स्पेक्टर देउप्रसाद लिम्बुलाई प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले बयानका लागि बोलाएको छ । शुक्रबार मध्यराति तीन युवकलाई ठमेलबाट समातेर वृत्तमा ल्याएर रातभरी थुनेको विषयमा शाखाले उनीमाथि सोधपुछ गरेको थियो ।

एआईजीका छोरा थुनाको घटनामा इन्स्पेक्टरमाथि छानबिन

भारतबाट नेपाली बालिकाको उद्धार

पश्चिम नवलपरासीमा एक बालिकालाई ललाईफकाई बेच्नका लागि भारत लैजान लागेको आरोपमा एक भारतीय नागरिकलाई सुस्ताका स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

भारतबाट नेपाली बालिकाको उद्धार

राष्ट्रिय हितमा काम गर्दा कोही रिसाउला कि भन्ने चिन्ता नगर्नुहोस्ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय हितमा काम गर्दा 'कोही रिसाउला' भनेर चिन्ता नगर्न मन्त्री र प्रदेश मुख्य मन्त्रीलाई सुझाव दिएका छन् । बुधबार बिहान सिंहदरबारमा मन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीसँगको छलफलमा उनले आफ्नो देशको हितमा काम गर्दा अरु देश रिसाउला की भन्ने सोच नराख्न आग्रह गरे ।

राष्ट्रिय हितमा काम गर्दा कोही रिसाउला कि भन्ने चिन्ता नगर्नुहोस्ः प्रधानमन्त्री

प्रहरी मेसमा गृहमन्त्री खाना खान पुगेपछि...

गृहमन्त्री रामबहादुर थापाले बुधबार प्रहरीको मेसमा बसेर जवानसँगै खाना खाएका छन् । बिहान १० बजेर १५ मिनेटमा महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न पुगेका गृहमन्त्री थापाले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डारण कक्षलगायत निरीक्षण गरेका थिए ।

प्रहरी मेसमा गृहमन्त्री खाना खान पुगेपछि...

छानविन होला त न्यायाधीशका 'अकूत' सम्पत्ति ?

‘ती माथि किन कारबाही भएन ? मलाई पनि अचम्म लागेको छ ।’ पूर्व न्यायाधीश भैरवप्रसाद लम्साल निरन्तर यो प्रश्नसहित सवाल पनि दोहोर्‍याइरहन्छन् । ‘ती’, अर्थात्, न्यायाधीश । उनै लम्सालले गहिरो छानविनपछि न्यायाधीशहरुका ‘सम्पत्ति’मा ‘कैफियत’ देखेका थिए र थप छानविन गरी सजाय दिलाउन सिफारिस गरेका थिए । 

छानविन होला त न्यायाधीशका 'अकूत' सम्पत्ति ?

शारीरिक र मानसिक रुपमा असक्त हुनेलाई मात्रै स्वेच्छिक अवकाश दिइने : मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्वेच्छिक अवकासका लागि निवेदन दिएकामध्ये शारिरिक र मानसिक रुपमा असक्त रहेकालाई मात्रै अबका दिने बताएका छन् । 

शारीरिक र मानसिक रुपमा असक्त हुनेलाई मात्रै स्वेच्छिक अवकाश दिइने : मन्त्री पण्डित

एकता प्रक्रिया सहज ढंगले बढेको छ – दाहाल

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सहजढंगले बढिरहेको बताएका छन् ।

एकता प्रक्रिया सहज ढंगले बढेको छ – दाहाल

सेलेब्रिटी रोबोट ‘सोफिया’ ले भनिन्- 'प्रविधिको प्रयोगले गरिबी हटाउन सकिन्छ'

चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट ‘सोफिया’ ले नेपाल जस्तो विकासोन्मुख देशमा प्रविधिले गरिबी हटाउन सहयोग पुर्‍याउने बताएकी छन् । बुधबार राजधानीमा राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा उनले प्रविधिको प्रयोगले सुशासन कायम राखी भ्रष्टाचारमुक्त समाज बनाउने सक्ने बताइन् । 

सेलेब्रिटी रोबोट ‘सोफिया’ ले भनिन्- 'प्रविधिको प्रयोगले गरिबी हटाउन सकिन्छ'

पराजुलीविरुद्ध उजुरी प्रहरीले दर्ता गर्नै मानेन

हकै नलाग्ने अवधिसम्म विवरण ढाँटेर पदमा बसिरहेको खुलासा भएपछि न्याय परिषद्बाट पदमुक्त भएका निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध परेको फौजदारी दायित्व लाग्ने उजुरीलाई प्रहरीले दर्ता गर्नै आलटाल गरेको छ ।

पराजुलीविरुद्ध उजुरी प्रहरीले दर्ता गर्नै मानेन

कर्मचारीका लागि केन्द्रीय सरकार गुहार्दै सभामुखहरू

सातै प्रदेशका सभामुखले संसद् र संसदीय अभ्यास बुझेका कर्मचारी नहुँदा समस्या परेको भन्दै अनुभवीलाई पठाइदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् ।

कर्मचारीका लागि केन्द्रीय सरकार गुहार्दै सभामुखहरू

‘अब माक्र्सवादी दलित आन्दोलन’

अहिलेकै व्यवस्था र शैलीले दलितका मुद्दा समाधान नगर्ने भन्दै अब वैज्ञानिक समाजवाद वा माक्र्सवादी दलित आन्दोलन गर्नुपर्ने बहस सुरु भएको छ ।

‘अब माक्र्सवादी दलित आन्दोलन’

संसदीय समिति संख्या बढाउन लबिइङ

संघीय संसद्मा रहने संसदीय समितिको संख्या बढाउन ‘लबिइङ’ सुरु भएको छ । सरकारले मन्त्रालयको संख्या बढाएलगत्तै राजनीतिक वृत्त र संसद् सचिवालयका केही कर्मचारीले प्रस्तावित समितिको संख्या कम भएको भन्दै छलफल चलाइरहेका छन् ।

संसदीय समिति संख्या बढाउन लबिइङ

कांग्रेसले निर्वाचन पराजयको समीक्षा गर्ने

पार्टी शुद्धीकरणका लागि गुटबन्दी अन्त्य गर्न नेतृत्वलाई सचेत गराउने उद्देश्यसाथ कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरूको दोस्रो राष्ट्रिय भेला बुधबार यहाँ सुरु हुँदैछ ।

कांग्रेसले निर्वाचन पराजयको समीक्षा गर्ने

नक्कली कागजात बनाउने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको सुकेधारास्थित यातायात कार्यालयका उपसचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नक्कली कागजात बनाउने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महान्यायाधिवक्ता कार्यालय पनि प्रधानमन्त्री मातहत

प्रधानमन्त्री केपी ओलीले संवैधानिक निकाय महान्यायाधिवक्ताको कार्यालय र मातहतलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत ल्याएका छन् ।

महान्यायाधिवक्ता कार्यालय पनि प्रधानमन्त्री मातहत