कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रहरी मेसमा गृहमन्त्री खाना खान पुगेपछि...

रासस

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले बुधबार प्रहरीको मेसमा बसेर जवानसँगै खाना खाएका छन् । बिहान १० बजेर १५ मिनेटमा महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न पुगेका गृहमन्त्री थापाले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डारण कक्षलगायत निरीक्षण गरेका थिए ।

प्रहरी मेसमा गृहमन्त्री खाना खान पुगेपछि...

त्यसपछि उनी मेसको पनि निरीक्षण गर्छु भन्दै वृत्तको मेसतर्फ लागे । त्यहाँ खाना खाइरहेको प्रहरी हतारहतार उठ्न खोज्दै थिए तर गृहमन्त्री थापाले बसेर खाइराख्न सबैलाई आग्रह गरे ।


सो लगत्तै भान्सामा पुगी उनले, 'हामी पनि यहीँ खाना खान्छौँ, खाना पुग्छ नि” भनेर प्रश्न गरेका थिए । उनको प्रश्नबाट अकमकिएका प्रहरीले सुरुमा त विश्वास मानेनन् । ‘पुग्छ हजुर’ जवाफ दिए । 'त्यसो भए हामीलाई पनि खाना ल्याउनुहोस्' भन्दै गृहमन्त्री थापा खाना खाइरहेका प्रहरी जवानसँगै बसेर खाना खान थाले ।


दाल, भात, आलु र गोभीको तरकारी, साग र आलुका अचार खानामा पाकेको थियो । गृहमन्त्री आउने जानकारी नपाएकै कारण वृत्तको प्रहरीले सलामी समेत अर्पण गर्न पाएनन् ।


सो अवसरमा उनले जनताको जीऊधनको सुरक्षाका लागि दत्तचित्त भएर लाग्न वृत्तका प्रहरीलाई निर्देशन दिए।


सुरक्षा निकायका अन्य अंग भन्दा नेपाल प्रहरीको रासनमा विभेद् रहेकोबारे आफू जानकार रहेको बताउँदै गृहमन्त्री थापाले त्यो असमानता हटाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।


यसअघि आजै बिहान गृहमन्त्री थापाले नक्खु कारागार, महानगरीय प्रहरी परिषर ललितपुर, जाउलाखेल, महानगरीय प्रहरी प्रभाग पुल्चोकको निरीक्षण गरेका थिए।

प्रकाशित : चैत्र ७, २०७४ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?