कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारतबाट नेपाली बालिकाको उद्धार

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा एक बालिकालाई ललाईफकाई बेच्नका लागि भारत लैजान लागेको आरोपमा एक भारतीय नागरिकलाई सुस्ताका स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

भारतबाट नेपाली बालिकाको उद्धार

भारतको उत्तर प्रदेश महाराजगंज डोमहाका धुरुप भारतीले पश्चिम नवलपरासी सुस्ता गाउँपालिका-५ बेलहानी बस्ने मुन्ना कलवारको ७ वर्षीया छोरी नब्या कलवारलाई ललाईफकाई भारत तर्फ लैजान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ परेका हरिजन बालिकाको घरमा दिनहुँ जसो मदिरा सेवनका लागि आउने गर्थे । मदिरा सेवनका नाममा दिनहुँ बालिकाको घरमा आएर चिनजान बढाएपछि मामा घर लैजाने भन्दै मिठाई दिएर साईकलमा राखेर फरार भएको बालिकाको अभिभावकको आरोप छ ।


साँझ बालिका घरमा नदेखिएपछि खोजतलास गर्दा घरपरिवार र गाउँलेले खोजी गरेका थिए । राति बाटोमा आवतजावत गर्ने यात्रीहरुको उपस्थिति नदेखेपछि बालिकालाई त्रास देखाउँदै आफ्नो गाउँ तर्फ लैजानेक्रममा आफन्तले फेला पारेर प्रहरीलाई बुझाएका थिए । आरोपितलाई ईलाका प्रहरी कार्याल्यमा बेलाटारीमा राखिएको छ ।


इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केशव सिहं थापाका अनुसार घटनाको विषयमा छानविन भइरहेकाले अहिले नै घटनाको कारणबारे यकीन गर्न नसकीने बताए ।

प्रकाशित : चैत्र ७, २०७४ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?