कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

का‌ंग्रेस जिल्ला कोषाध्यक्षहरुको सम्मेलन: गुटबन्दी अन्त्यमा जाेड

कृष्ण थापा

नुवाकोट — नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलन बुधबार विदुरमा सुरु भएको छ । सम्मेलनमा पार्टीभित्रकाे गुटबन्दी अन्त्य गर्दै पार्टी शुद्धिकरणका विषयमा छलफल हुने सहभागिहरुले बताएका छन् ।

का‌ंग्रेस जिल्ला कोषाध्यक्षहरुको सम्मेलन: गुटबन्दी अन्त्यमा जाेड

सम्मेलनमा उद्घाटन सत्रमा २९ जना वक्ताहरुले आफ्नो धारणा राखिसकेका छन् । अधिकांश वक्ताहरुले कम्युनिष्टहरु मिलेर अघि बढेको तर कांग्रेस आफ्नो भित्रको गुटले पछि परेकाले एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए । कांग्रेस नेता तथा कार्यकर्ताहरुले गुटगत राजनीतिको अन्त्य गर्न खोजेको सम्मेलनमा सहभागीहरुले बताए ।


राष्ट्रियसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीले पराजय व्यहोरेपछि आयोजित राष्ट्रियस्तरको भेलामा कांग्रेस एक ढिका भएर अघि बढ्न कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले जोड दिएको कोषाध्यक्षहरुका अध्यक्ष गोविन्द पुडासैनीले बताए ।


सम्मेलनले कांग्रेसको आगामी भविष्य निर्धारण गर्ने सक्ने नेपाली कांग्रेस नुवाकोटका जिल्ला कोषाध्क्ष महेन्द्र थिङको भनाइ छ ।


बिहीबार सकिने सम्मेलनमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह, अर्जुननर सिंह केसी, पूर्व संचारमन्त्री मोहन बस्नेत, रामहरि खतिवडा लगायत नेताहरु सहभागी छन् ।

प्रकाशित : चैत्र ७, २०७४ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?